२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रहरीमाथि हातपात गर्ने १ जना पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र २४, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको अभियोगमा शंखमुलबाट एक जना पक्राउ परेकाे छ ।

सिन्धुली मरिन गाउँपालिका- ४ घर भइ काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने ३० वर्षीय राज कुमार घिसिङलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-३१ शंखमुलमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले तिब्र गतिमा अनियन्त्रित तरिकाले आउँदै गरेको बा.३७ प ६४३२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक घिसिङले प्रहरीसँग अपशब्द प्रगोग गरी बादबिबाद गरेका थिए ।

सो क्रममा उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी माथि नै हातपात गरेपछि उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]