२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सर्लाहीको २८ वर्षीय पत्रकार अभिषेक यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु

Logo
प्रकाशित सोमबार, भाद्र २५, २०८०


(ABC-Sanchar)
सर्लाही । धनकौल-४ महिनाथपुर घर भएका २८ वर्षीय पत्रकार अभिषेक यादवको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । बाग्मतीमा भएको नेकपा माओवादी केन्द्र निकट दलित सङ्गठनको प्रदेश भेलाको रिपोर्टिङ गरेर शनिवार घर फर्किने क्रममा बरहथवा – ८ टाँडी, गर्जाहा पुलमा यादव सवार मोटरसाइकल दुर्घटना हुँदा टाउकोमा गम्भीर चोट लागेको थियो ।

यादवलाई उपचारका लागि एलएस न्युरो अस्पताल परवानीपुरमा भर्ना गरिएकोमा उपचारकै क्रममा आइतबार निधन भएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

यादव सवार मधेस प्रदेश ०३-०२८ प ७४९६ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट तीव्र गतिमा आउँदै गरेको बिआर ३० एक्स ८९८८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किएको थियो ।

यादव प्रेस सेन्टर जिल्ला समन्वय समिति सर्लाहीका सदस्य हुन । उनी जिल्लाका विभिन्न रेडियोमा क्रिकेट प्रतियोगीताका बेला कमेन्ट्रि गर्थे भने विभिन्न अनलाइन तथा पत्रिकामा रिपोर्टिङ गर्थे ।

यादव सवार मोटरसाइकललाई ठक्कर दिने भारतीय नम्बर प्लेटको सवारी चालक बरहथवा १७ का ३७ वर्षीय रामजनक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा सामान्य घाइते भएका चौधरीको स्थानीय मेडिकलमा उपचार गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]