२२ मंसिर २०८०, शुक्रबार
08-12-2023 , Fri
×

सर्लाहीको २८ वर्षीय पत्रकार अभिषेक यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु

Logo
प्रकाशित सोमबार, भाद्र २५, २०८०


(ABC-Sanchar)
सर्लाही । धनकौल-४ महिनाथपुर घर भएका २८ वर्षीय पत्रकार अभिषेक यादवको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । बाग्मतीमा भएको नेकपा माओवादी केन्द्र निकट दलित सङ्गठनको प्रदेश भेलाको रिपोर्टिङ गरेर शनिवार घर फर्किने क्रममा बरहथवा – ८ टाँडी, गर्जाहा पुलमा यादव सवार मोटरसाइकल दुर्घटना हुँदा टाउकोमा गम्भीर चोट लागेको थियो ।

यादवलाई उपचारका लागि एलएस न्युरो अस्पताल परवानीपुरमा भर्ना गरिएकोमा उपचारकै क्रममा आइतबार निधन भएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

यादव सवार मधेस प्रदेश ०३-०२८ प ७४९६ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट तीव्र गतिमा आउँदै गरेको बिआर ३० एक्स ८९८८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किएको थियो ।

यादव प्रेस सेन्टर जिल्ला समन्वय समिति सर्लाहीका सदस्य हुन । उनी जिल्लाका विभिन्न रेडियोमा क्रिकेट प्रतियोगीताका बेला कमेन्ट्रि गर्थे भने विभिन्न अनलाइन तथा पत्रिकामा रिपोर्टिङ गर्थे ।

यादव सवार मोटरसाइकललाई ठक्कर दिने भारतीय नम्बर प्लेटको सवारी चालक बरहथवा १७ का ३७ वर्षीय रामजनक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा सामान्य घाइते भएका चौधरीको स्थानीय मेडिकलमा उपचार गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धरानबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस आज बिहान तनहुँको घासीकुवा भन्ने ठाँउमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटा साँगुरीगढीका ४५ वर्षिय हस्त राई र ठेगाना नखुलेका अन्दाजी ५० वर्षका टोकबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।धरानबाट पोखरातर्फ छुटेको ग १ ख […]

(एबिसि संचार ) रूपन्देही, तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोल चोकमा सडकमा ना.६ ख ८१६१ नम्बरको ट्रकले लु.४९ प २२३० नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोल बस्ने ५० वर्षीय मादबलाल देबकोटा र मोटरसाइकलमा सवार सोही नगरपालिका–२ जानकीनगर बस्ने ४० वर्षीया यादा क्षेत्री रहेका छन् ।प्रहरीका […]

(एबिसि संचार )                                                     इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ ।  सो दुर्घटनामा १ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलामका प्रहरी प्रमुख […]