२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाजुरामा दुई युवकमाथि सामूहिक कुटपिट प्रहरीद्वारा कुटपिटको मुद्दा लिन अस्वीकार

Logo
प्रकाशित सोमबार, भाद्र २५, २०८०


ABC (क्राईमबिट)
बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिका-६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको हो ।

खप्तड छेडेदह गाउँपालिकास्थित छेडेदह तालमा उनीहरुमाथि कुटपिट भएको बताइएको छ । उनीहरुलाई कुटपिट गर्ने समूहले खुकुरी, नक, काठले हानेको आफन्तले बताएका छन् । घाइते दुबै जनाको अहिले धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले कुटपिटको घटनालाई अभद्र व्यवहार भन्दै मुद्दा कमजोर बनाएको पनि आफन्तको आरोप छ । अहिलेसम्म कुटपिट गर्ने मान्छेहरु नसमातेको र कुटपिटको मुद्दालाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरेकाले आफन्तले प्रहरीकै भूमिका पनि शंकास्पद रहेको बताएका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी कबिन्द्रसिंह बोहराले भने अस्ति कृष्ण जन्माष्टमीको दिन झगडा भएको र सो घटनाका एक जनालाई नियन्त्रणमा लिएको बताए । अन्यलाई भने अझै पक्राउ गरिएको छैन ।

घाइतेहरुका अनुसार त्यो दिन पहिला सामान्य झगडा भएकोमा पछि १०/१२ जनाको समूहले बिना कारण कुटपिट गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]