०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

दाङमा जसपुर ट्राफिकले गाउँ गाउँमा गएर ट्राफिक नियम जनचेतनामुलक कार्यक्रमहरु सिकाउदै

Logo
प्रकाशित सोमबार, भाद्र २५, २०८०


ABC (क्राईमबिट)
दाङ । अस्थायी ट्राफिक प्रहरी पोष्ट जसपुरका ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक असई बिक्रम विकको नेतृत्वमा खटिएको ट्राफिक प्रहरीले तुलसीपुर १२ को सुकौरा, डिल्ली बजार लगाएका गाउँहरुमा गएर दुर्घटना न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको देखिएको हो । ट्राफिक प्रमुख विक र ट्राफिक प्रहरी सहायक हवल्दार जिवलाल भुषालसहितको टोलीले गाउँटोलमै पुगेर सवारी चालक र सडक प्रयोगकर्ताहरुलाई सवारी दुर्घटनाबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा जानकारी दिदै आउनुभएको छ ।

यसरी जनस्ततरका नागरिकहरुलाई ट्राफिक नियम सम्बन्धि जानकारी गराउदा दुर्घटना न्युनिकरणमा ठुलो सहयोग पुग्ने देखिएको छ । गाउँगाउँमा गएर ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरण सम्बन्धि कार्यक्रम गर्दै आएको देख्दा धेरै खुसी लागेको सवारी चालक तथा स्थानियहरुले बताएका छन । यसबाट ट्राफिक नियम सम्बन्धि धेरै कुरा सिकेको उनीहरु बताउछन ।

यसरी ट्राफिक प्रहरीले नागरिकलाई ट्राफिक नियम सम्बन्धि सुचित गराएको प्रति निकै उत्साहित हुदै स्थानियहरुले यसको जिम्मेवारी ट्राफिक प्रहरीको मात्रै नभएर आम नागरिकको भएको भन्दै सबै नागरिक जिम्मेवार भएर यस्ता कार्यक्रमहरुलाई सहयोग गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन ।

यसले गर्दा सम्भावित दुर्घटनाबाट समेत बच्न सकिने अपेक्षा लिएको स्थानियको भनाई छ । दुर्घटना न्युनिकरण सम्बन्धि कार्यक्रममा ट्राफिक प्रमुख बिक र ट्राफिक सहायक हवल्दार भुषालले सवारी चालकहरुलाई क्षमता भन्दा बढि सवारी नबोक्ने, सवारीसाधन ओभरस्पिड नचलाउने, ओभरलोड नबोक्ने, लेन अनुसासनको पालना गर्ने, सवारी चालक अनुमती पत्र लिएर मात्रै सवारीसाधान चलाउने, मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउने, सवारीसाधन चलाउदा हेल्मेटको फिता राम्रो सँग बाध्ने लगाएतका कुराहरु सिकाउने गरिएको छ । यसरी सबै गाउँ सहरहरुमा ट्राफिक प्रहरी लगाएत अन्य जिम्मेवार निकायहरुले पनी दुर्घटना नयुनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रहरु गर्ने हो भने नागरिकहरुले पनी ट्राफिक नियमको बारेमा जानकारी पाउने छन भने यसले गर्दा सवारी दुर्घटनामा समेत कमी आउने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!