२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अमेरिकन कम्युनिष्ट क्रान्तिकारी समूहले धेरै अमेरिकी झण्डाहरू जलाए किन?

Logo
प्रकाशित मंगलबार, भाद्र २६, २०८०

(ABC-Sanchar)
काठमाडौं । फक्स न्युजका अनुसार कम्युनिष्ट प्रदर्शनकारीहरूले अमेरिकामा मार्क्सवादी क्रान्तिमा विश्वास गर्ने रेभकम (क्रान्तिकारी कम्युनिष्ट पार्टी) को बारेमा चेतना जगाउने क्रममा आफनो राष्ट्रको झन्डा जलाएका हुन् । उनीहरुले अमेरिकी शाषकलाई ‘जनावरपेट’ समेत भनेका छन् ।

रेभकमका कार्यकर्ताहरूले अमेरिकी झण्डा जलाएपछि पुलिसले सो कार्यलाई ‘गैरकानुनी’ भनेको छ । उनीहरुको सभालाई गैर कानुनी घोषणा गर्दै यस्तो कार्य र उनीहरुको यस्तो खाले सक्रियताले धेरैलाई चिन्तित र विचलित बनाएको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

‘क्रान्तिकारी कम्युनिष्ट पार्टीले विश्व क्रान्तिको प्रमुख अंश र साम्यवादको अन्तिम उद्देश्यका लागि साम्राज्यवादी अमेरिका बिरुद्ध क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी लिएको छ’ सो पार्टीको वेबसाइटमा लेखिएको छ ।

सो समूहको घोषणापत्रले माओको ‘वैज्ञानिक विधि’ को प्रयोग र सांस्कृतिक क्रान्तिका केही पक्षहरूलाई विश्वास गरेको जनाउँदै चीनमा भएको माओकालिन सांस्कृति क्रान्तिको प्रशंशा गरेको छ ।

‘हामीले यो एउटा सानो शहरमा प्रदर्शन गर्यौं,’ केहीले अमेरिकी झण्डा जलाएपछि रेभकम्सका कार्यकर्ताले भने। प्रदर्शनकारीहरूले आलोचकहरूले हालै आएको एल्डियनको गीतलाई उल्लेख गर्दै भने, ‘अब तपाईहरु पनि आ आफनो शहरमा यस्तो प्रयास गर्नुहोस् अनि धनी र गरिब बिचको ठुलो खाडल अन्त्य गर्न सहयोग गर्नुहोस्।’एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]