
ABC (क्राईमबिट)
पर्सा । बिरगंज जिल्ला प्रहरी कार्यालय पर्सा अर्न्तगतका प्रहरी कार्यालयबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका साडि -३१२ पिस ,लेथकाे पार्टस -८ वटा ,गयालेणडर मेशिन -१ थान,कुर्तासुरवाल -२७ पिस ,चिनि -१६४ केजि,थान कपडा -२८५ मिटर,रेडबुल -४८ पिस,पंखा -२ थान ,केराउ -१०२ केजि,भेस्ट -९२ पिस गरि अन्दाजी

रु.८,१६,३६०/- आठ लाख सोर्ह हजार तिन सय साठि बराबरको सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक निर्माल बुढाथोकी ले जानकारी गराउनु भएको छ।