०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

सडक मर्मतको नाममा ढिलाई २ दिन भित्र सबै खाल्डाखुल्डीहरु पुर्न मेयर चौधरीको ठेक्दारलाई निर्देशन

Logo
प्रकाशित बिहिबार, भाद्र २८, २०८०


(ABC-Sanchar)
दाङ । जिल्ला प्रशासन कार्यालय दाङमा फोरलेन सडक मर्मतमा भैरहेको ढिलाईका विषयमा छलफल भयो । घोराही उपमहानगरपालिकाका प्रमुख श्री नरुलाल चौधरी ज्यूले छलफलमा बुँदागतरुपमा राखेका बिषयहरु यस्ता छन् ।
१. कामै नहुने बर्षायाममा मर्मतको नाममा नागरिकलाई सास्ती र राज्यको रकम बर्बाद पारेको ।
२. खाल्डा पुर्ने नाममा चौघेरा गेट देखि बबई खोला सम्म सडक छेउमा खाल्डो बनाएर पासो थापेको । आफुले ति खाल्डोहरु तत्काल पुर्न जिल्ला प्रशासन र सडक डिभिजनलाई भने पनि अटेरी गर्दा ध्यानआकर्षण गराएको ६ घण्टा बित्न नपाउदै त्यो खाडलमा परेर साइकल यात्रीको मृत्युभएको ।
३. काम एक हप्तामा सक्छु भनेर सूचना जारी गर्ने तर कामै नगरेर नागरिकलाई सास्ती दिएको प्रति कडा आपत्ती ।
४. सडक मर्मतको नाममा हाइवेय नै बन्द गर्दा बैकल्पीक सडक चौघेरा डवरी सडक भताभुंग भएको त्यो सडक पनि बनाउन सडक कार्यालय र ठेकेदार कम्पनीको ध्यानआकर्षण ।
५. अबको २ दिन भित्र ति सबै खाल्डाहरु पुर्न आग्रह ।
६. अब सडक मर्मतको काम गर्दा हाइवेय बन्द नगर्न र वानवेय सञ्चालन गरेर काम गर्न सुझाब ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!