२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नगद ५ हजार घुस रकम सहित एकजना सहायक बन अधिकृत पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र २८, २०८०


(ABC-Sanchar)
डोटी । सब-डिभिजन वन कार्यालय बुडरका कार्यालयका प्रमुख सहायक वन अधिकृत भक्तराज गिरी नगद रु. पाँच हजार घुस सहित बिहीबार पक्राउ परेका हुन् ।

स्थानीय दाउरा व्यवसायी गणेश भण्डारीबाट पाँच हजार रकम लिँदै गर्दा स्थानीयले अधिकृत गिरीलाई रङ्गे हात नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । अधिकृत गिरिले यसअघि पनि दाउरा व्यवसायीबाट रु. १० हजार लिएको खुलेको छ ।

स्थानीय जयानन्द ओझाको लालपुर्जा भएको जमिनबाट कानुनी प्रक्रिया पूरा गरी डिभिजन बन कार्यालय डोटीले २०७९ साल चैत्र ३ गते कटानी आदेश दिएको व्यवसायी भण्डारीले बताए ।

उक्त दाउराको निकासीका लागि अधिकृत गिरीले १० हजार अगाडी नै लिइसकेको दोस्रो पटक सबै कर्मचारीलाई मिलाउने बहानामा थप रु. पाँच हजार लिने क्रममा गरी पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुडरका इन्चार्ज नरभान साउँदले गिरीलाई नियन्त्रणमा लिइएको र विस्तृत अनुसन्धानका लागि आवश्यक सोधपुछ भइरहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]