२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा बाबुको मुख हेर्ने दिन गएराति दाङ धर्नामा छोराले बाबुको हत्या गरे

Logo
प्रकाशित शुक्रबार, भाद्र २९, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । घोराही उपमहानगरपालिका ५ दलजितपुरका २८ वर्षका छोरा सन्तोष केसीले गए राति १० वजे ५१ वर्षका बाबु प्रेमबहादुर केसीको हत्या गरेको दाङ प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेका छोराको निर्घात कुटपिटबाट घाइते भएका बाबुको उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

कुटपिटमा संलग्न छोरा सन्तोष केसीलाई प्रहरिले नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मादकपदार्थ सेवन गरेका वावु र छोरा विच आपसि विवाद हुँदा सन्तोषले प्रे्रमलाई मुड्किले हानेर हत्या गरेको प्रहरीको भनाई छ । घर परीवारसंग पैसा मागिरहने र वावुले पैसा नदिए मार्ने, काट्ने भनेर छोरा सन्तोषले धम्की दिदै आएको खुलेको छ । छोराले वावु नमर्दै काजकिरीया गर्ने भन्दै कपालसमेत फालेको स्थानियहरुले प्रहरी समक्ष वयान दिएका छन् । विदेश गएर अलपत्र परेपछि घरका वावु आमाले पैसा हालिदिएर छोरालाई विदेशवाट फर्काएका थिए । विदेशवाट फर्केपछि छोराले दिनहुँजसो पैसा मागेर घर परीवारलाई सताउने गरेको पनि स्थानियहरुले प्रहरीलाई वयान दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।