०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

रौतहटमा दुई समूहबिच विवाद हुँदा (छुरा) हानाहानमा एकजनाको मृत्यु

Logo
प्रकाशित शनिबार, भाद्र ३०, २०८०

ABC (क्राईमबिट)
रौतहट । जिल्लाको कटहरी नगरपालिका – ५ मा छुरा प्रहार गरी स्थानीय २५ वर्षीय युवक सनिलराय यादवको मृत्यु भएको हो ।

शुक्रवार राती कारब ८ बजे दुई समूहबिच भइरहेको विवादका क्रममा अर्को समूहले प्रहार गरेको छुरा यादवको देब्रे कोखामा लागेको थियो ।

छुरा प्रहारबाट अचेत बनेका यादवलाई उपचारका लागि स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया लगेको थियो ‌। त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना अघि यादवका दाजुभाइ र अर्को पक्षबिच विवाद भएको थियो । सोही क्रममा भएको छुरा प्रहारबाट यादवको मृत्यु भएको हो ।

यद्यपि रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेन्द्र श्रेष्ठले यादवमाथि छुरा प्रहार गर्नुको कारण अहिलेसम्म पनि नखुलेको बताएका छन् । एसपी श्रेष्ठले घटनामा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

स्रोतका अनुसार प्रहरीले छुरा प्रहार गरेको आरोपमा बद्री साह सोनार र उनका काका किसन साहलाई पक्राउ गरेको छ । यद्यपि यसको पुष्टि हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

error: Content is protected !!