२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिरगंज भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएको चिनी पर्सा प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र ३०, २०८०

ABC (क्राईमबिट)
पर्सा । बिरगंज जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिकाको बजार क्षेत्रमा रहेको एक गोदामबाट भन्सार छलेर ल्याइएको चिनी बरामद गरेको हो ।

प्रहरीका अनुसार गोदामबाट एक हजार किलो चिनी बरामद भएको छ ।

भन्सार छली चोरी पैठारी गरी चिनी भण्डारण गरी राखेको विशेष सूचनाको आधारमा गोदाममा छापामारी गरेर प्रहरीले उक्त परिमाणको चिनी बरामद गरेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए । डिएसपी थापाका अनुसार बरामद चिनीको बजार मूल्य एक लाख रहेको छ ।

बरामद चिनी प्रहरीले सोही दिन थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको डिएसपी थापाले जानकारी दिए । उनले चिनी व्यवसायी र तस्करीमा संलग्नका विषयमा थप अनुसन्धान भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।