२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

खैरो हेरोईन धुलो पदार्थ लागूऔषधसहित एक युवती एक युवा मकवानपुरबाट पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र ३०, २०८०

ABC (क्राईमबिट)

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा न.१० भुटनदेवी मोड स्थित सडकमा पैदल हिडिरहेको अवस्थामा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ०५ पिप्ले घर भई हाल ऐ.वडा नं.११ नवलपुर बस्ने वर्ष ३१ को दिपेन्द्र सुनार र ऐ. बागमती गा.पा. वडा नं. ६ बस्ने वर्ष २१ की रुपा बिश्वकर्मालाई रितपुर्वक खानतलासी पुर्जी दिई निजहरुलाई चेकजाँच गर्ने क्रममा कालो रुमाल भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा १२ ग्राम ७४० मिली ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको हुदाँ उक्त धुलो पदार्थ सहित निजहरु दिपेन्द्र सुनार र रुपा बिश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]