२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

ईप्रका होलेरीको प्रमुखमा इन्सपेक्टर गैरे,सचेतना मुलुक कार्यक्रमलाई बढी जोड दिने

Logo
प्रकाशित शनिबार, भाद्र ३०, २०८०

 

(नन्दराम खड्का)

रोल्पा । ईलाका प्रहरी कार्यालय होलेरी प्रमुखका रुपमा प्रहरी निरीक्षक देबि प्रशाद गैरेको आगमन भएको छ।यस अघिका प्रहरी निरिक्षक मधुसूदन विश्वकर्माको सर्वोच्च अदालत काठमाडौंमा सरुवा भएपछि ईलाका प्रहरी कार्यालय होलेरीको कमान्ड सम्हाल्न इन्स्पेक्टर गैरे आएका हुन्।
प्रहरी वृत्त सिंह दरबार काठमाडौं कार्यरत प्रहरी निरीक्षक गैरेले कानु कार्यान्वयन गर्ने सवालमा कसैसंग सम्झौता नगर्ने बताएका छन्।

औसत कामकारबाही संगसंगै सामुदायिक साझेदारी कार्यक्रमलाई जोड दिएर नागरिकहरुमा सचेतता फैलाउने योजना रहेको बताए।

ईलाका प्रहरी कार्यालय होलेरीले दरबन्दीका रुपमा यस अघिसम्म १ जना मात्रै फ्रेश प्रहरी निरीक्षक पाएको थियो।उनि प्रहरी अधिकृत पोषण थापा २०७४ शालको निर्वाचन गराएर तालिममा गएका थिए।त्यसपछि जिल्ला प्रहरी कार्यालय रोल्पाबाट काच आएका प्रहरी निरीक्षक शंकर खड्का पनि ६ महिनामै सरुवा भएर काठमाडौं गएका थिए।

हाल ईप्रका होलेरीले इन्चार्जका रुपमा युवा प्रहरी अधिकृत पाएको छ।इन्स्पेक्टर गैरे होलेरी आएपछि यस क्षेत्रको शान्ति शुरक्षामा प्रभावकारी ढंगबाट टेवा पुग्ने स्थानियहरुको अपेक्षा समेत रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पु¥याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।श्यामबाबु समेतले पीडितलाई नेपाल सरकारबाट […]

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]