२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

सशस्त्र प्रहरी पर्साले अबैध रुपमा नेपाल भित्रिएको दुई ट्रक सामानहरु पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र ३१, २०८०

ABC (क्राईमबिट)
पर्सा । बिरगंज सशस्त्र प्रहरी बल नेपाल पर्सामा सरुवा भइ आउनु भएका प्रहरी उपरीक्षक किशन कर्म आचार्यको कडा निर्देशन पछि जिल्लाका तस्करहरुकाे भागाभाग मच्चेकाे छ ।जिल्लाकाे सिमा नाकाबाट भईरहेकाे अबैध चाेरि तस्करी नियन्त्रणमा सक्रियता देखायपछि अहिले तस्करहरु ले तस्करी गर्न पाएका छैनन । आमनागरिक हरुलाई शान्ति सुरक्षा दिने र सिमा नाकाबाट हुने चाेरि पैठारीलाई नियन्त्रण गर्ने मेराे मुख्य लक्ष्य रहेकाे एसपि किशन कर्मचार्यले बताउनु भयाे ।

पर्सा जिल्ला तस्करहरुकाे अखडा बन्दै गईरहदा त्यसलाई नियन्त्रण गर्न एसपि कर्मचार्य लागि परेका छन । आफु सक्रियताका साथ आफ्ना मातहतका सबै प्रहरी युनिटलाई तस्करी राेक्न कडा रुपमा निर्देशन दिदै आएको बताए । अहिले विभिन्न सीमानाकाहरुबाट ओसार पसार भईरहेकाे अबैध सामामनहरु सशस्त्र प्रहरी बल नेपालकाे टाेलिले अबैध समानहरु निकै कडाईका साथ बरामद गरिरहेकाे छ । सिमाबाट हुने चाेरि तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल निकै सक्रियताका साथ अबैध सामानहरु धमाधम नियन्त्रणमा लिन थालिएकाे छ एसमी कर्मचार्यले बताए ।

त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल FOB ICP बाट खटिएको मोबाईल गस्ती टोलीले वी.म.न.पा. – १७ स्थित ICP ईलाकाबाट एउटै नम्बर प्लेट UP70FT2525 भएका २ वटा भारतीय ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पु¥याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।श्यामबाबु समेतले पीडितलाई नेपाल सरकारबाट […]

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]