०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

शान्ति सुव्यवस्था कायम गर्न आफुले कुनै कसर बाँकी नराख्ने बारा प्रहरी प्रमुख एसपी : काफ्ले

Logo
प्रकाशित आइतबार, भाद्र ३१, २०८०


ABC (क्राईमबिट)
बारा । भर्खरै सरुवा भएर बारा प्रहरीको नेतृत्व सम्हाल्न आएका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जिल्ला प्रहरी कार्यालय स्थित आफ्नै कार्यकक्षमा बारा जिल्लाका पत्रकारहरुसंग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।

उनले प्रहरी कार्यालयमा हुने विचौलीयाको अन्त्य गर्न सम्बन्धीत घटना र मुद्धाको आफ्न्त वाहेकलाई अन्य व्यक्तिहरुको भिडाभाडलाई कम गर्न आफु कार्यालयमा हाजिर भएदेखि नै काम शुरु गरि सकेको बताउनुभयो ।

पत्रकारहरुको जिज्ञासामा एसपी काफ्लेले दोहोर मुद्धा दर्ता नहुने बताउदै प्रचलित कानुन अनुसार जसले जे अपराध गरेको छ, सोही प्रकृतिको मुद्धा मात्र दर्ता गरिने प्रतिबद्धता जनाएका छन ।

जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न आफुले कुनै कसर बाँकी नराख्ने एसपी काफ्लेको भनाईछ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता दधिराम न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
नेपाल प्रहरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान एकेडेमी काठमाडौंबाट बारा जिल्लामा आएका एसपी काफ्लेले जिल्लाका सवै पत्रकारहरुसंग जिल्लाको सर्मग अवस्थाका वारेमा जानकारी लिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

error: Content is protected !!