०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

शान्ति सुव्यवस्था कायम गर्न आफुले कुनै कसर बाँकी नराख्ने बारा प्रहरी प्रमुख एसपी : काफ्ले

Logo
प्रकाशित आइतबार, भाद्र ३१, २०८०


ABC (क्राईमबिट)
बारा । भर्खरै सरुवा भएर बारा प्रहरीको नेतृत्व सम्हाल्न आएका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जिल्ला प्रहरी कार्यालय स्थित आफ्नै कार्यकक्षमा बारा जिल्लाका पत्रकारहरुसंग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।

उनले प्रहरी कार्यालयमा हुने विचौलीयाको अन्त्य गर्न सम्बन्धीत घटना र मुद्धाको आफ्न्त वाहेकलाई अन्य व्यक्तिहरुको भिडाभाडलाई कम गर्न आफु कार्यालयमा हाजिर भएदेखि नै काम शुरु गरि सकेको बताउनुभयो ।

पत्रकारहरुको जिज्ञासामा एसपी काफ्लेले दोहोर मुद्धा दर्ता नहुने बताउदै प्रचलित कानुन अनुसार जसले जे अपराध गरेको छ, सोही प्रकृतिको मुद्धा मात्र दर्ता गरिने प्रतिबद्धता जनाएका छन ।

जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न आफुले कुनै कसर बाँकी नराख्ने एसपी काफ्लेको भनाईछ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता दधिराम न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
नेपाल प्रहरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान एकेडेमी काठमाडौंबाट बारा जिल्लामा आएका एसपी काफ्लेले जिल्लाका सवै पत्रकारहरुसंग जिल्लाको सर्मग अवस्थाका वारेमा जानकारी लिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]