०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको एम्बुलेन्स महिनौ देखि बेवारिसे सडक झाडीमा अलपत्र

Logo
प्रकाशित बुधबार, आश्विन ०३, २०८०

(नन्दराम खड्का)

होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकाको होलेरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा रहेको एम्बुलेन्स महिनौं देखि सडकमा बेवारिसे थन्क्याइएको छ।

एम्बुलेन्स जस्तो अत्यावश्यक सवारी बिग्रिएको खण्डमा अविलम्ब मर्मत गराएर चौबीसै घण्टा स्वास्थ्य कार्यालयमा तैनाथ गरेर राख्नु पर्ने भएपनि रोल्पामा भने एम्बुलेन्स बेवारिसे रुपमा सडक किनारामा राखिएको छ।

हाल सर्वसाधारण बिरामी परेर अस्पतालसम्म पुग्नु पर्दा वा अस्पतालबाट थप उपचारका लागि दाङ पुग्न चर्को भाडा तिरेर निजि सवारी प्रयोग गर्नु पर्ने बाध्यतामा रहेका छन्।

एम्बुलेन्स मर्मत गर्ने परैको कुरो हो शुरक्षित तरिकाले सम्बन्धित स्वास्थ्य संस्थाको प्राङ्गण वा स्थानीय सरकारको प्राङ्गणमा समेत लगिएको छैन।

राज्यकोषको रकम खर्चेर जनताका सेवाका लागि खरिद गरिएको एम्बुलेन्स बेवारिसे रुपमा अल्पत्र थन्ज्याइएकोप्रति सम्बन्धित संस्था जिम्मेवार नभएपनि नजिकै रहेको स्थानिय सरकार संवेदनशिल हुनुपर्ने स्थानियहरुको भनाई रहेको छ।

हाल एम्बुलेन्स होलेरी जुर्नेटा बजार नजिकै घोराही-होलेरी शहिदमार्ग खण्डको किनार झाडीमा राखिएको छ।
यसरी एम्बुलेन्स बेवारिसे फालिदा सयौं पटक त्यहि स्थानबाट आवतजावत गर्ने स्वास्थ्यकर्मी,कर्मचारी तथा जनप्रतिनिधिहरुको नजर भने पर्न सकेको छैन।

एबिसी सञ्चारको ध्यानाकर्षण पछि रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगीले सम्बन्धित निकायकाई मर्मत गरेर सेवा प्रवाह गर्न तथा शुरक्षित स्थानमा पार्किङ गर्न निर्देशन दिने बताएका छन्।

लाचारी ढंगबाट सार्वजनिक सवारी एम्बुलेन्स अझै सम्बन्धित निकायले झाडीमै राखेमा स्थानियहरु चुप लागेर नबस्ने बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]