२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौंमा शिक्षक-शिक्षिकाहरू बुधबार शिक्षक विधेयकको विरोधमा देशभर आन्दोलनमा उत्रिए

Logo
प्रकाशित बुधबार, आश्विन ०३, २०८०


(ABC-Sanchar)
काठमाडौं । माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरूले गरेको विरोध प्रदर्शनले काठमाडौँको ट्राफिक अस्तव्यस्त बनिरहेको छ ।

संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । विभिन्न जिल्लाबाट शिक्षक-शिक्षिका गाडी रिजर्भ गरेर आन्दोलनका लागि काठमाडौँ आएका छन् । सामुदायिक विद्यालयहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घको आह्वानमा यो आन्दोलन सुरु भएको हो । महासङ्घले देशभरका सबै सामुदायिक विद्यालयहरू बन्द गराएको छ ।

विधेयकमा विभिन्न १८ बुँदे असहमति राख्दै शिक्षकहरू आन्दोलित भएका हुन् । राहत, करार, बालविकास, स्थायीलगायत शिक्षक कर्मचारी आन्दोलन सहभागी छन् । सरुवा, बढुवा, दरबन्दी लगायतका मुद्दा उठाएका उनीहरूले स्थानीय तह मातहत नबस्ने बताएका छन् ।

शिक्षकहरूको आन्दोलनको कारण देशभरका झण्डै ३० हजार विद्यालय बन्द हुनुका साथै ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित हुनेछन् ।

शिक्षकहरूले सडकै ढाकेर आन्दोलन गरेपछि ट्राफिकलाई सवारी आवागमन सुचारु गराउन सकस परेको छ । अहिले माइतीघर बानेश्वर खण्डमा सवारीसाधनको आवागमन ठप्प छ । यसले पूरै उपत्यकाको ट्राफिक अस्तव्यस्त बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]