२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाँत चम्किला बनाउने उपायहरु

Logo
प्रकाशित बुधबार, आश्विन ०३, २०८०


(ABC-Sanchar)
काठमाडौं । पहेंलो दाँतको कारणले कतिपय अवस्थामा लाजमर्दो परिस्थितिको समेत सामना गर्नुपर्ने हुन्छ । त्यसैले, तपाईं आफ्नो दाँतलाई चम्काउन घरेलु उपाय पनि अपनाउन सक्नुहुन्छ । भान्छामै भएको नुनको सहयोगले तपाईं आफ्ना दाँत चम्काउन सक्नुहुन्छ ।

नुन र तोरीको तेल

दाँतलाई सेतो बनाउनका लागि तपाईं नुनमा तोरीको तेल मिलाएर प्रयोग गर्न सक्नुहुन्छ । यस मिश्रणलाई औंलाको सहयोगले दाँतमा लगाउनुहोस् र हल्कासँग घोट्नुहोस् तपाईंका दाँत मोती जसरी चम्किँदै जानेछन् ।

नुन र बेकिंग सोडा

दाँतमा भएको पहेंलो सफा गर्नका लागि नुन र बेकिंग सोडालाई मिलाई पनि प्रयोग गर्न सकिन्छ । त्यसकालाई नुन र थोरै खानका लागि प्रयोग गरिने बेकिंग सोडा लिनुहोस् र दाँतमा लगाउनुहोस् । यसले मुखबाट आउने नराम्रो गन्धसमेत कम गर्छ ।

नुन र कागती

कागतीमा सिट्रिक एसिड हुन्छ जसले प्राकृतिकरूपमै ब्लिचिंग यानिकी चम्काउने काम गर्छ । नुनसँग कागतीको प्रयोग गरेर पनि तपाईंले सेता दाँत पाउन सक्नुहुन्छ । तर, यसलाई धेरै प्रयोग गर्दा दाँतमा अमिलोले गर्दा कुडिने वा दाँत झन्झन् गर्ने समस्या पनि हुन सक्छ । त्यसको ख्याल राख्नुहोला ।

नुन र अदुवा

नुनमा अदुवा मिसाएर पनि दाँतलाई सफा गर्न सकिन्छ । अदुवामा एन्टिब्याक्टेरियल र एन्टिइन्फ्लामेटरी गुण हुन्छन् जसले क्याबिटी जस्तो समस्याबाट जोगाउँछ ।

नुन र बेसार

नुन, बेसार र तोरीको तेललाई मिसाएर पनि दाँतलाई सफा गर्न सकिन्छ । यो एन्टिब्याक्टेरियल हुने भएकाले दाँत तथा गिँजा सुन्निएको पनि निको हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]