०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

दाँत चम्किला बनाउने उपायहरु

Logo
प्रकाशित बुधबार, आश्विन ०३, २०८०


(ABC-Sanchar)
काठमाडौं । पहेंलो दाँतको कारणले कतिपय अवस्थामा लाजमर्दो परिस्थितिको समेत सामना गर्नुपर्ने हुन्छ । त्यसैले, तपाईं आफ्नो दाँतलाई चम्काउन घरेलु उपाय पनि अपनाउन सक्नुहुन्छ । भान्छामै भएको नुनको सहयोगले तपाईं आफ्ना दाँत चम्काउन सक्नुहुन्छ ।

नुन र तोरीको तेल

दाँतलाई सेतो बनाउनका लागि तपाईं नुनमा तोरीको तेल मिलाएर प्रयोग गर्न सक्नुहुन्छ । यस मिश्रणलाई औंलाको सहयोगले दाँतमा लगाउनुहोस् र हल्कासँग घोट्नुहोस् तपाईंका दाँत मोती जसरी चम्किँदै जानेछन् ।

नुन र बेकिंग सोडा

दाँतमा भएको पहेंलो सफा गर्नका लागि नुन र बेकिंग सोडालाई मिलाई पनि प्रयोग गर्न सकिन्छ । त्यसकालाई नुन र थोरै खानका लागि प्रयोग गरिने बेकिंग सोडा लिनुहोस् र दाँतमा लगाउनुहोस् । यसले मुखबाट आउने नराम्रो गन्धसमेत कम गर्छ ।

नुन र कागती

कागतीमा सिट्रिक एसिड हुन्छ जसले प्राकृतिकरूपमै ब्लिचिंग यानिकी चम्काउने काम गर्छ । नुनसँग कागतीको प्रयोग गरेर पनि तपाईंले सेता दाँत पाउन सक्नुहुन्छ । तर, यसलाई धेरै प्रयोग गर्दा दाँतमा अमिलोले गर्दा कुडिने वा दाँत झन्झन् गर्ने समस्या पनि हुन सक्छ । त्यसको ख्याल राख्नुहोला ।

नुन र अदुवा

नुनमा अदुवा मिसाएर पनि दाँतलाई सफा गर्न सकिन्छ । अदुवामा एन्टिब्याक्टेरियल र एन्टिइन्फ्लामेटरी गुण हुन्छन् जसले क्याबिटी जस्तो समस्याबाट जोगाउँछ ।

नुन र बेसार

नुन, बेसार र तोरीको तेललाई मिसाएर पनि दाँतलाई सफा गर्न सकिन्छ । यो एन्टिब्याक्टेरियल हुने भएकाले दाँत तथा गिँजा सुन्निएको पनि निको हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]