०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

बिरगंज सीमा दशगजा क्षेत्र मितेरी पुलमा भारतीय सीमा सुरक्षा बल एसएसबी चेक पोस्ट स्थापना

Logo
प्रकाशित बुधबार, आश्विन ०३, २०८०


(ABC-Sanchar)
पर्सा । बिरगंज नेपालको मुख्य प्रवेशद्वारका रूपमा समेत परिचित वीरगञ्ज – रक्सौल नाकाको दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा एसएसबीले बुधवार बिहानदेखि चेक पोस्ट स्थापना गरेको हो ।

चेक पोस्टमा खटिएका एसएसबी जवानहरूले दुवै तर्फबाट आवतजावत गरिरहेका सवारीसाधनलाई चेकजाँच गरिरहेका छन् । यस नाकाबाट दिनहुँ लाखौँको सङ्ख्यामा मान्छेहरू व्यावसायिक, धार्मिक र पारिवारिक कामले आवतजावत गर्छन् ।

एसएसबीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोजकुमार शर्माले चेक पोस्ट स्थापना गर्न एसएसबीले अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेको दाबी गरे । उनले चेक पोस्ट पनि भारतीय भूमिमै रहेको बताए । ‘चेक पोस्ट स्थापना गर्दा भारतले नेपालसँग भएका कुनै पनि सम्झौता अथवा सन्धिको उलङ्घन गरेको छैन,’ उनले भने, ‘दुवै देशको सुरक्षा, मानव तस्करी र चोरी पैठारी नियन्त्रण गर्ने उद्देश्यले चेक पोस्टको स्थापना भएको हो । यसको कुनै पनि राजनैतिक अथवा कूटनीतिक उद्देश्य छैन ।’

इन्स्पेक्टर शर्माले एसएसबीको केन्द्रीय सर्कुलर अनुसार यस नाका हुँदै आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउनु पनि पोस्ट स्थापना गरिएको जानकारी दिए ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) शिव प्रसाद लम्सालले मितेरी पुल नेपाल र भारत दुवै भएको बताउँदै स्थापित चेक पोस्ट भारतीय भूमि मै रहेको प्रस्ट पारे । उनले चाडपर्वलाई लक्षित गरेर एसएसबीले अस्थायी रूपमा चेक पोस्ट स्थापना गरेको बताए ।

सहायक सिडिओ लम्सालले पनि यस नाकाबाट आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउन पनि एसएसबीले पोस्ट स्थापना गरेको बताए ।

त्यस्तै सशस्त्र प्रहरी बल नम्बर १३ गण वीरगञ्जका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) किशन कर्माचार्यले पनि सिडिओ लम्सालकै कुरालाई दोहोर्‍याए । उनले पनि चेक पोस्ट भारतीय भूमि मै रहेको बताए ।

यद्यपि भारतीय सुरक्षा एजेन्सीहरूले दशगजा क्षेत्रमा कुनै पनि किसिमको चेक पोस्ट स्थापना गर्न नपाउने विज्ञहरूले बताएका छन् । अन्तर्राष्ट्रिय सन्धिअनुसार विशेष परिस्थिति बाहेक अन्य समयमा चेकपोस्ट राख्न नपाइने उनीहरूको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । पक्राउ पर्नेमा २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालक रहेका छन् । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई अस्ट नारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा […]

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]