०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

बिरगंज सीमा दशगजा क्षेत्र मितेरी पुलमा भारतीय सीमा सुरक्षा बल एसएसबी चेक पोस्ट स्थापना

Logo
प्रकाशित बुधबार, आश्विन ०३, २०८०


(ABC-Sanchar)
पर्सा । बिरगंज नेपालको मुख्य प्रवेशद्वारका रूपमा समेत परिचित वीरगञ्ज – रक्सौल नाकाको दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा एसएसबीले बुधवार बिहानदेखि चेक पोस्ट स्थापना गरेको हो ।

चेक पोस्टमा खटिएका एसएसबी जवानहरूले दुवै तर्फबाट आवतजावत गरिरहेका सवारीसाधनलाई चेकजाँच गरिरहेका छन् । यस नाकाबाट दिनहुँ लाखौँको सङ्ख्यामा मान्छेहरू व्यावसायिक, धार्मिक र पारिवारिक कामले आवतजावत गर्छन् ।

एसएसबीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोजकुमार शर्माले चेक पोस्ट स्थापना गर्न एसएसबीले अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेको दाबी गरे । उनले चेक पोस्ट पनि भारतीय भूमिमै रहेको बताए । ‘चेक पोस्ट स्थापना गर्दा भारतले नेपालसँग भएका कुनै पनि सम्झौता अथवा सन्धिको उलङ्घन गरेको छैन,’ उनले भने, ‘दुवै देशको सुरक्षा, मानव तस्करी र चोरी पैठारी नियन्त्रण गर्ने उद्देश्यले चेक पोस्टको स्थापना भएको हो । यसको कुनै पनि राजनैतिक अथवा कूटनीतिक उद्देश्य छैन ।’

इन्स्पेक्टर शर्माले एसएसबीको केन्द्रीय सर्कुलर अनुसार यस नाका हुँदै आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउनु पनि पोस्ट स्थापना गरिएको जानकारी दिए ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) शिव प्रसाद लम्सालले मितेरी पुल नेपाल र भारत दुवै भएको बताउँदै स्थापित चेक पोस्ट भारतीय भूमि मै रहेको प्रस्ट पारे । उनले चाडपर्वलाई लक्षित गरेर एसएसबीले अस्थायी रूपमा चेक पोस्ट स्थापना गरेको बताए ।

सहायक सिडिओ लम्सालले पनि यस नाकाबाट आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउन पनि एसएसबीले पोस्ट स्थापना गरेको बताए ।

त्यस्तै सशस्त्र प्रहरी बल नम्बर १३ गण वीरगञ्जका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) किशन कर्माचार्यले पनि सिडिओ लम्सालकै कुरालाई दोहोर्‍याए । उनले पनि चेक पोस्ट भारतीय भूमि मै रहेको बताए ।

यद्यपि भारतीय सुरक्षा एजेन्सीहरूले दशगजा क्षेत्रमा कुनै पनि किसिमको चेक पोस्ट स्थापना गर्न नपाउने विज्ञहरूले बताएका छन् । अन्तर्राष्ट्रिय सन्धिअनुसार विशेष परिस्थिति बाहेक अन्य समयमा चेकपोस्ट राख्न नपाइने उनीहरूको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

error: Content is protected !!