२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

बलिउड अभिनेत्री जरिन खान विरुद्ध पक्राउ पुर्जी जारी कारण के हो ?

Logo
प्रकाशित बुधबार, आश्विन ०३, २०८०


(ABC-Sanchar)
काठमाडौं । बलिउड अभिनेत्री जरिन खान अहिले फिल्मबाट टाढा छिन् तर उनी कुनै न कुनै कारणले चर्चामा भने आइरहन्छिन् । कहिले उनी आफ्नो व्यावसायिक जीवनका कारण चर्चामा आइन् भने कहिले निजी जीवनका कारण । यसैबीच उनी बारे अर्को एउटा खबर भारतीय समाचार माध्यमले प्रकाशित गरेका छन् ।


मिडिया रिपोर्टका अनुसार कोलकाताको एक अदालतले जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । वास्तवमा उनीमाथि ठगीको आरोप लागेको छ ।

किन समस्यामा छिन् जरिन खान ?

जरिन खानको मुद्दा निकै पुरानो हो । वास्तवमा सन् २०१८ मा उनी विरुद्ध मुद्दा दर्ता भएको थियो । उनी विरुद्धको उजुरीमा उनले कोलकातामा भएको दुर्गा पूजा कार्यक्रममा प्रस्तुति दिनुपर्ने तर उनी त्यहाँ उपस्थित नभएको उल्लेख छ । यति मात्र होइन, कोलकाता र उत्तर २४ परगनामा ६ वटा काली पूजा कार्यक्रममा नगएको भन्दै उनी विरुद्ध उजुरी परेको थियो ।

यसपछि इभेन्ट म्यानेजमेन्ट कम्पनीले नायिका र उनको म्यानेजरविरुद्ध नार्केलडांगा प्रहरी चौकीमा उजुरी दिएपछि उनीहरूलाई सोधपुछका लागि बोलाइएको थियो । तर नायिका सोधपुछका लागि पनि नगएको र उनले कार्यक्रम आयोजकले गलत जानकारी दिएको आरोप लगाइन् ।

जरिन खानले आफ्नो बचाउमा आयोजकहरूले उनलाई बंगालका मुख्यमन्त्री लगायत धेरै मन्त्रीहरू कार्यक्रममा सहभागी हुने बताए पनि पछि उनको टोलीले त्यो कार्यक्रम निकै सानो स्तरको भएको थाहा पाएको बताइन् । यी कारणले उनले सो छोड्ने निर्णय गरेको स्पष्टीकरण दिइन् । रिपोर्टका अनुसार मुद्दा दर्ता भएपछि जरिनले न जमानतको लागि निवेदन दिएकी थिइन् न त अदालतमा हाजिर भइन् । बारम्बार अदालतको बोलावट बेवास्ता गरेपछि अदालतले जरिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको जानकारीमा उल्लेख छ ।

पक्राउ पुर्जी जारी भएपछि जरिनको बयान

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जरिन खानले इन्डिया टुँडेसँगको कुराकानीमा भनिन्, ‘यसमा कुनै सत्यता छैन भन्ने कुरा मलाई थाहा छ । खासमा म निकै अचम्ममा परेको छु र मेरो वकिलले यस विषयमा अनुसन्धान गरिरहेका छन् । त्यसपछि मात्रै म यो विषयमा राम्रोसँग भन्न सक्षम हुनेछु । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]