०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

बलिउड अभिनेत्री जरिन खान विरुद्ध पक्राउ पुर्जी जारी कारण के हो ?

Logo
प्रकाशित बुधबार, आश्विन ०३, २०८०


(ABC-Sanchar)
काठमाडौं । बलिउड अभिनेत्री जरिन खान अहिले फिल्मबाट टाढा छिन् तर उनी कुनै न कुनै कारणले चर्चामा भने आइरहन्छिन् । कहिले उनी आफ्नो व्यावसायिक जीवनका कारण चर्चामा आइन् भने कहिले निजी जीवनका कारण । यसैबीच उनी बारे अर्को एउटा खबर भारतीय समाचार माध्यमले प्रकाशित गरेका छन् ।


मिडिया रिपोर्टका अनुसार कोलकाताको एक अदालतले जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । वास्तवमा उनीमाथि ठगीको आरोप लागेको छ ।

किन समस्यामा छिन् जरिन खान ?

जरिन खानको मुद्दा निकै पुरानो हो । वास्तवमा सन् २०१८ मा उनी विरुद्ध मुद्दा दर्ता भएको थियो । उनी विरुद्धको उजुरीमा उनले कोलकातामा भएको दुर्गा पूजा कार्यक्रममा प्रस्तुति दिनुपर्ने तर उनी त्यहाँ उपस्थित नभएको उल्लेख छ । यति मात्र होइन, कोलकाता र उत्तर २४ परगनामा ६ वटा काली पूजा कार्यक्रममा नगएको भन्दै उनी विरुद्ध उजुरी परेको थियो ।

यसपछि इभेन्ट म्यानेजमेन्ट कम्पनीले नायिका र उनको म्यानेजरविरुद्ध नार्केलडांगा प्रहरी चौकीमा उजुरी दिएपछि उनीहरूलाई सोधपुछका लागि बोलाइएको थियो । तर नायिका सोधपुछका लागि पनि नगएको र उनले कार्यक्रम आयोजकले गलत जानकारी दिएको आरोप लगाइन् ।

जरिन खानले आफ्नो बचाउमा आयोजकहरूले उनलाई बंगालका मुख्यमन्त्री लगायत धेरै मन्त्रीहरू कार्यक्रममा सहभागी हुने बताए पनि पछि उनको टोलीले त्यो कार्यक्रम निकै सानो स्तरको भएको थाहा पाएको बताइन् । यी कारणले उनले सो छोड्ने निर्णय गरेको स्पष्टीकरण दिइन् । रिपोर्टका अनुसार मुद्दा दर्ता भएपछि जरिनले न जमानतको लागि निवेदन दिएकी थिइन् न त अदालतमा हाजिर भइन् । बारम्बार अदालतको बोलावट बेवास्ता गरेपछि अदालतले जरिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको जानकारीमा उल्लेख छ ।

पक्राउ पुर्जी जारी भएपछि जरिनको बयान

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जरिन खानले इन्डिया टुँडेसँगको कुराकानीमा भनिन्, ‘यसमा कुनै सत्यता छैन भन्ने कुरा मलाई थाहा छ । खासमा म निकै अचम्ममा परेको छु र मेरो वकिलले यस विषयमा अनुसन्धान गरिरहेका छन् । त्यसपछि मात्रै म यो विषयमा राम्रोसँग भन्न सक्षम हुनेछु । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]