२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

हत्या अभियोगमा दोषी ठहर भइ जन्म कैदकाे सजाय पाएका रिगल सहित २२ जना कैदी छुटे

Logo
प्रकाशित बिहिबार, आश्विन ०४, २०८०


(ABC-Sanchar)
दाङ । संविधान दिवसको अवसर पारेर तुलसीपुर कारागारबाट १४ र घोराही कारागारबाट ८ जना कैदीको बाँकी कैद मिनाहा गर्नेगरी छोडिएको हो । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार उनीहरूको बाँकी कैद माफ गरिएको हो ।

रिहा हुनेमा हत्या अभियोगमा दोषी ठहर भइ आजीवन कारबासको सजाय पाएका नेपालगञ्ज उपमहानगरपालिका–४ निबासी रिगल ढकाल छन् । रिगल जेलमुक्त भएपछि उनका समर्थकले स्वागत गरेका थिए । दाङको घोराहीस्थित जिल्ला कारगारमा रहेका उनलाई समर्थकहरूले स्कर्टिङ गरी नेपालगञ्ज पु¥याएका थिए । उनलाई तरुण दलका स्थानीय नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

रिगल २०७२ साल असार २८ बाँकेको नेपालगञ्जमा दिउँसै खुडा प्रहार गरी हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । रिगलले सो दिन बाँकेको नेपालगञ्जका २९ वर्षीय चेतन मानन्धरलाइ लखेटी लखेटी खुडा प्रहार गरेका थिए । मानन्धरको उपचारका क्रममा निधन भएपछि रिगल फरार भएका थिए ।

रिगलले घटनाको एक वर्षपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पण गरेका थिए । रिगललाई हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । रिगल नेपालगञ्जमा गुण्डागर्दीमा संलग्न थिए । रिगल तरुण दल बाँके क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिसमेत थिए ।

त्यसैगरी कर्तव्य ज्यानका मुद्दामा बुटवल उपमहानगरपालिका–१३ निवासी बाबुलाल स्याङताङ, सल्यानको सिंद्धकुमाख गाउँपालिका–१ निवासी केसर सिंह बुढाथोकी, घोराही उपमहानगरपालिका– ८ निवासी, लालसरी बुढामगर, घोराही उपमहानगरपालिका–३ निवासी प्रकाश नेपाली, तुलसीपुर उपमहानगरपालिका–११ निवासी दिपक चौधरी,घोराही उपमहानगरपालिका–१४ निवासी रामबहादुर चौधरी, रुकुमको भूमे गाउँपालिका–४ निवासी विकेश बुढामगर, आठविसकोट नगरपालिका–१४ निवासी मनविर कामी रहेको तुलसीपुर कारागार शाखा प्रमुख चिन्तमणी रेग्मीले जानकारी दिनुभयो । त्यसैगरी सवारी ज्यानका ५ जना, वहुविवाह १ जना, खोटाचलन १ जना, डाँका चोरी १ जना, हातहतियार खरखजना १ जना, नकवजनी ४ जना कैदीहरु छुटेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]