०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

नेपालगञ्ज विमानस्थलबाट चोरीका मोबाइलसहित ४ जना भारतीय पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन ०४, २०८०

ABC (क्राईमबिट)

बाँके । चोरीको मोबाइल अन्जादी ९ लाख रुपैयाँ मूल्य बराबरको चोरीका मोबाइलसहित नेपालगञ्ज विमानस्थल प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

बुद्ध एयरको जहाजबाट काठमाडौं जानका लागि विमानस्थलमा उनीहरुको झोला एयरपोर्टको एक्सरे मेसिनमा राखि चेकजाँच गर्दा ‘कैफियत’ देखिएपछि विमानस्थल प्रहरीले खोलेर तलासी गरेको थियो। तलासी गर्दा उनीहरुले बोकेको झोलामा विभिन्न कम्पनीका ३२ थान मोबाइल फेला परेका थिए।

प्रहरीले भारतको मध्य प्रदेशको इन्दौर घर भएका ३८ वर्षीय अमित सोलंकी, इन्दौर नै बस्ने ३७ वर्क्षिय सचिन कुक्रेजा, ३९ वर्षीय कमल बंसारी, अमित सोलंकीलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये अमित सोलंकीको साथबाट ८ थान, सचिन कुक्रेजाको साथबाट ८ थान, कमल बंसारीको साथबाट ८ थान र अमित सोलंकीको साथबाट पनि ८ थान मोबाइल बरामद भएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका ४ जनामाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी नारायण डागीले जानकारी दिएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]