२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नेपालगञ्ज विमानस्थलबाट चोरीका मोबाइलसहित ४ जना भारतीय पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन ०४, २०८०

ABC (क्राईमबिट)

बाँके । चोरीको मोबाइल अन्जादी ९ लाख रुपैयाँ मूल्य बराबरको चोरीका मोबाइलसहित नेपालगञ्ज विमानस्थल प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

बुद्ध एयरको जहाजबाट काठमाडौं जानका लागि विमानस्थलमा उनीहरुको झोला एयरपोर्टको एक्सरे मेसिनमा राखि चेकजाँच गर्दा ‘कैफियत’ देखिएपछि विमानस्थल प्रहरीले खोलेर तलासी गरेको थियो। तलासी गर्दा उनीहरुले बोकेको झोलामा विभिन्न कम्पनीका ३२ थान मोबाइल फेला परेका थिए।

प्रहरीले भारतको मध्य प्रदेशको इन्दौर घर भएका ३८ वर्षीय अमित सोलंकी, इन्दौर नै बस्ने ३७ वर्क्षिय सचिन कुक्रेजा, ३९ वर्षीय कमल बंसारी, अमित सोलंकीलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये अमित सोलंकीको साथबाट ८ थान, सचिन कुक्रेजाको साथबाट ८ थान, कमल बंसारीको साथबाट ८ थान र अमित सोलंकीको साथबाट पनि ८ थान मोबाइल बरामद भएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका ४ जनामाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी नारायण डागीले जानकारी दिएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।