२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

राउटेहरुले दशैँ खर्च माग्दै लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेटघाट गरे

Logo
प्रकाशित बिहिबार, आश्विन ०४, २०८०

(ABC-Sanchar)
दाङ । बिहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि बिर्खे बहादुर शाहीको टोलीले मुख्यमन्त्रीसँग भेटघाट गरेको हो । भेटमा राउटे मुखियाका प्रतिनिधि शाहीले दशैँ खर्च दिन मुख्यमन्त्रीलाई आग्रह गरे ।

 

‘अब दशैँ आइसक्यो, दशैँमा बलि पनि दिनुपर्छ, खसी पनि खानुपर्छ, सरकारले पैसा दिनुपर्‍यो’, उनले भने, ‘८६ घरपरिवार छन्, खसी खान सरकारले दुई लाख रुपैयाँ दिनुपर्छ । सबै मत्रीहरूले हामीलाई दशैँ खर्च दिनुपर्‍यो, हामी लगेर सबैलाई बाँड्छौँ ।’

शाहीले आफूहरू अहिले दैलेखमा बसिरहेको र दशैँ खर्चका लागि दाङ आएको बताए । तीज खर्चकै लागि आएका हौँ, उनले भने, तीज गइगो, अब दशैँ खर्च जुटाउनु परेको छ ।

मुख्यमन्त्री चौधरीले सरकार राउटे समुदायलाई सहयोग गर्न, दशैँ खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताए । ‘राउटेहरूलाई पहिलेदेखि नै सरकारले दशैँ खर्च दिँदै आएको इतिहास पनि रहेछ, राउटेलाई खर्चकै कारण दशैँ मनाउन समस्या हो भने लुम्बिनीले पनि केही सहयोग गर्छ’, मुख्यमन्त्री चौधरीले भने, ‘दुईरतीन दिनमा सरकारको केही सहयोग हुन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!