०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

इंग्ल्याण्डमा पुरूषहरूलाई यातना दिएर ४ करोडौं कमाउने महिला यी हुन

Logo
प्रकाशित बिहिबार, आश्विन ०४, २०८०

(ABC-Sanchar)
काठमाडौं । अनौठो केही यस्ता पेशाहरू पनि छन्, तपाइँ तिनीहरूको अस्तित्वमा विश्वास गर्नुहुन्न।

इंग्ल्याण्डको सर्रेकी एक महिलाले आफ्नो कामको खुलासा गर्दा मानिसहरु छक्क परे । उनले पुरुषलाई यातना दिएर आफूले २ लाख ५० हजार पाउन्ड (४ करोड रुपैयाँ) कमाएकी थिइन् ।

फर्नहमकी ३१ वर्षीया आर्नी ‘एरी’ म्याकटोन्स डोमिनेट्रिक्सको रूपमा काम गर्छिन् र पुरुषहरूले उनको हातबाट यातना पाएवापत पैसा तिर्छन्। यसका लागि उनले मौखिक अपमानदेखि कोर्रासम्म हान्छिन् ।

एरीले आफ्नो विवादास्पद करियरबाट प्रत्येक घण्टा १७५ पाउण्ड (लगभग रु २८ हजार) कमाउँछिन्। आफ्नो करियर मार्फत कैयौं विवाह तोड्नबाट जोगाएको उनको दाबी छ ।

उनी भन्छिन्, ‘म जहिले पनि खुल्ला मनको छु । जब मैले पत्ता लगाएँ कि पुरुषहरू यातना भोबेवापर पैसा तिर्न इच्छुक छन्, मलाई थाहा थियो कि मैले मेरो सपनाको क्यारियर फेला पारेकी छु।’

१९ वर्षको उमेरमा उनले आफ्नो पहिलो डोमिनेट्रिक्स अनुभव एक क्लबमा गरिन् जहाँ उनले एक अपरिचित व्यक्तिलाई कोर्रा लगाइन् । उनी भन्छिन्– ‘एकजना युवक मसँग आएर कोर्रा लगाउन आग्रह गरे र म राजी भएँ ।’

उनी भन्छिन्- ‘एक दिन मलाई एकजना मानिसको इमेल आयो जसमा उसले मेरो औंलाले उसको अनुहार कुल्चिदिन आग्रह गरेको थियो। यो एक अनौठो कल्पना हो तर उनी यो चाहन्थे । अरू कसैले मलाई उनको अपमान गरेको चाहन्थे। सुन्दा अनौठो लाग्छ ।’

अहिले एरीले हरेक महिना लगभग २० ग्राहकहरूलाई भेट्छिन् र उनीहरूलाई पिटेर राम्रो पैसा कमाउँछिन् । एरीका अनुसार उनको परिवार र साथीहरूलाई उनको अनौठो करियरमा कुनै समस्या छैन। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–५, देवनगरस्थित सीमा क्षेत्रबाट *जेठ २ गते राति* सशस्त्र प्रहरी बल, नं. ७ गण सिरहाले करिब *१९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान र ट्रकसहित २ जनालाई* नियन्त्रणमा लिएको छ। *घटना विवरण:* गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बोकेको […]

error: Content is protected !!