२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँकेको बालसुधार गृहमा दुई पक्षबिच झडप हुँदा तोडफोड गरेर भागेका ३० जना पक्राउ

Logo
प्रकाशित शनिबार, आश्विन ०६, २०८०

ABC (क्राईमबिट)
बाँके । आन्तरिक विषयमा दुई पक्षबिच झडप भएपछि बाल सुधार गृह तोडफोड गरी ३० जना भागेका थिए ।

उनीहरूलाई गएराति नै नियन्त्रणमा लिएर बाल सुधार गृहमै पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीले जानकारी दिए । गएराति दुई समूहबिच झडप भएको बाल सुधार गृहमा रातभर तनावग्रस्त बनेको थियो । अहिलेसम्म गृहको अवस्था मत्थर भैनसको प्रवक्ता डाँगीले बताए ।

बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा घाइते भएका ११ मध्य उपचारका क्रममा एक जनाको मृत्यु भइ सकेको छ। रूपन्देही जिल्लाको कञ्चन गाउँपालिका–४ का १८ वर्षीय सुलभ केसीको उपचारका क्रममा राति नै मृत्यु भएको थियो। केसी अपहरण शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा दोषी ठहर भइ सजाय काटिरहेका थिए।

घाइते १० जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार जारी छ। घाइते मध्य एक जनाको अवस्था अझैं गम्भीर रहेको र अन्यको स्वास्थ्य अवस्था भने सुधार उन्मुख रहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

बालगृहमा रहेका २५४ जना मध्य १६५ जना १८ बर्ष माथिका रहेको र उनीहरुकै कारण असहजस्थिति सृजना भएको प्रहरीको भनाइ छ । झगडामा सामेल र उग्रता पर्दशन गरी रहेकाहरुलाई बाहिरी जिल्लामा स्थानान्तरण गर्ने तयारी भइरहेको प्रवक्ता डाँगीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]