०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

रुसी कमान्डरहरूको बैठकमा युक्रेनको हमला ९ जनाको मृत्यु ५० भन्दा धेरै घाइते

Logo
प्रकाशित आइतबार, आश्विन ०७, २०८०

(ABC-Sanchar)
काठमाडौं । रुसीमा युक्रेनले शुक्रबार सोवास्तेपोलमा गरिएको क्षेप्यास्त्र हमलामा थप जानकारी साझा गरेको छ । युक्रेनका अनुसार क्राइमियामा गरिएको उक्त आक्रमणको निशानामा नौसेनाका कमान्डरहरूको बैठक रहेको थियो ।

एक संक्षिप्त बयान जारी गर्दै युक्रेनको सेनाले यस हमलामा कयौँको मृत्यु भएको र धेरै जना घाइते भएको दाबी गरेको छ । यो हमला रुसको ब्ल्याक सी फ्लीटका कमान्डरहरूको बैठकलाई निशाना बनाएर गरिएको उसको जिकिर छ ।

यता युक्रेनकै गुप्तचर प्रमुख क्रिलो बुडानोफका अनुसार हमलामा दुई शीर्ष कमान्डर गम्भीर रुपमा घाइते भएका छन् । उनले कम्तीमा ९ जना मारिएको दाबी पनि गरेका छन् ।

शुक्रबार रुसले हमलापछि एक सैनिक बेपत्ता बनेको बताएको थियो । क्राइमियाकाको सेवास्तेपोलमा रुसको ब्ल्याक सी फ्लीटको अड्डा रहेको छ । यसलाई रुसी नौसनाको सबैभन्दा राम्रो फ्लीट मानिन्छ ।

बीबीसीले युक्रेनी सेनाको स्रोतलाई उद्धृत गर्दै हमलामा स्ट्रोम स्याडो क्षेप्यास्त्र प्रयोग भएको उल्लेख गरेको छ । यो क्षेप्यास्त्र युक्रेनलाई बेलायत र फ्रान्सले दिएको हो ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]