२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

उखुबारीमा हातखुट्टा बाँधेर बच्चा छोडि अर्को बिवाहा गरेकी आमा पक्राउ परिन

Logo
प्रकाशित आइतबार, आश्विन ०७, २०८०

 

(ABC-Sanchar)

कंचनपुर । पुनर्वास-२ अमरैया घर भएकि २७ बर्षिया शर्मिला चौधरीलाई शनिबार ईलाका प्रहरी कार्यालय बेलडाँडीले पक्राउ गरेको हो ।

चौधरीलाई शनिबार बेलडाँडी गाउँपालिका–३ वैवाहाबाट पक्राउ गरी थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलौरी पठाइएको ईलाका प्रहरी कार्यालय बेलडाँडीका ईन्चार्ज प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरले बताए ।

शर्मिला तेस्रो व्यक्ति संग विवाह गर्न बच्चा छोडेर गएकि प्रहरी अनुसन्धानबाट खुलेको छ । सामान्य बुझ्दा उनले दुई जना संग विवाह गरेको र ती दुवै फरक-फरक श्रीमानबाट बच्चा रहेका बुझिन आएको छ । शुक्रबार उखुबारीमा छोडेका बच्चा र त्यस अघि ६ बर्षको अर्को बच्चा समेत रहेको बुझिएको छ ।

अहिले जो संग थिईन उनी संग त्यो छोडेको नौ महिनाको बच्चाका कारण झगडा हुन थाले पछि उनले बच्चालाई छोडेर अर्केसंग विवाह गर्न हिडेको बुझिएको प्रहरीले बताएको छ ।

तेस्रो व्यक्ति संग फेसबुकबाट कुराकारी भई प्रेममा परि उक्त बच्चालाई उखुबारीमा छोडेर बेलडाँडी( ३ का केटा संग भागेर गएकी भन्ने सुचनाका आधरमा त्यहिबाट प्रहरीले पक्राउ गरेको हो ।

हातखुट्टा बाधेर उखुबारीमा छोडेको अवस्थामा बेलौरीको सिहपुरमा स्थानियले देखेपछि बेलौरी प्रहरीलाई खबर गरेपश्चात ती नौ महिने बालक प्रहरीले सकुसल फेला परेका थिए । बालकलाई प्रहरीबाट मामा घरकि बज्यौले बुझेर लगेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]