२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

प्रहरीको शुद्धता जाँच गर्न पनि नागरिक सुनुवाइ हुनुपर्छ: एआईजी सन्दिप भण्डारी

Logo
प्रकाशित सोमबार, आश्विन ०८, २०८०

ABC (क्राईमबिट)
दाङ । घोराही प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारीले प्रहरीको शुद्धता जाँच गर्न नागरिक सुनुवाइ हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक समेत रहनुभएका भण्डारी प्रदेश दौडाहाका क्रममा दाङ आउनुभएको हो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार तथा उद्योगी व्यवसायीसँग राखेको भेटघाटमा एआईजी भण्डारीले प्रहरीको प्रत्यक्ष अडिट हुनुपर्ने र त्यसको जिम्मा जनतालाई दिनुपर्ने बताउनुभयो । प्रहरीको बारेमा पनि नागरिक सुनुवाइ गर्न भनिएको उहाँले बताउनुभयो ।

‘प्रहरी आफै शुद्ध हुनुपर्छ । प्रत्यक्ष अडिट हुनुपर्छ । पब्लिकले गर्छ नि अडिट’– उहाँले भन्नुभयो– ‘हामीले नागरिक सुनुवाइ गर भनेका छौं । इलाका होस्, जिल्ला होस्, सबैतिर नागरिक सुनुवाइ हुनुपर्छ । प्रहरीसँग जोडिएका कुराहरु खुल्लम खुला भनून् नागरिकले ।’ उहाँले जनतासँग आँखामा आँखा जुधाएर बोल्न सक्ने प्रहरी हुनुपर्ने बताउनुभयो ।

‘यस पटक हामीलाई काम गर्न अनुकूल बातावरण छ । आर्थिक अनुशासन र गैरकानुनी क्रियाकलापमा कसैबाट प्रेसर छैन । खुल्लमखुला कानुनको पालना गर्न सकिन्छ’– उहाँले भन्नुभयो– ‘छाती फुलाएर काम गर्नुपर्छ । भ्रष्टाचारमा हाम्रो शून्य सहनशीलता हो । यसमा गृह प्रशासनबाट पनि फूलली सपोर्ट छ । सबै प्रहरीले यसै अनुरुप कानुन कार्यान्वयनमा लाग्नुस् ।’ अहिले प्रहरीभित्रका सबै गतिविधिमा पारदर्शिता अपनाएको बताउँदै उहाँले हरेक नागरिकले पनि अधिकारसँगै कर्तव्य पनि पालना गर्नुपर्नेमा जोड दिनुभयो । दाङबाट नदीजन्य पदार्थका गतिविधिका बढी गुनासा आएको बताउँदै उहाँले कुनै पनि दबाबमा गैरकानुनी काम नेपाल प्रहरीबाट नहुने प्रतिबद्धता जनाउनुभयो ।

‘प्रहरीले एक्लै काम गर्न सक्दैन । समाजको सहयोगमै समाजमा शान्ति सुरक्षा, अमनचैन राख्न प्रहरी सक्षम हुन्छ । प्रहरीलाई हरेक नागरिकको सहयोग चाहिन्छ । नागरिकले कानुनको सहयोग गर्नु कर्तब्य पनि हो’– उहाँले भन्नुभयो– ‘प्रहरी एक्लैको काम छैन । प्रहरीलाई सुरक्षा चाहिन्छ । समाजको सहयोग चाहिन्छ, आड भरोसा चाहिन्छ । हामीले समुदाय प्रहरी साझेदारीको कुरा यस कारण नै गरेका छौं ।’ उहाँले समुदाय प्रहरी सेवालाई प्रभावकारी बनाउने, लागूऔषध नियन्त्रणमा प्रभावकारी कदम चाल्ने तथा सचेतनाका कार्यक्रम तल्लो तहसम्मै लैजानुपर्ने, आत्महत्या रोकथामका कार्यक्रम प्रभावकारी बनाउनुपर्ने तथा ट्राफिक सचेतनाका कार्यक्रम पनि तल्लो तहसम्मै लैजानुपर्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।