२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पोखरामा म्याद गुज्रेको सामान बेच्ने पसललाई रु १ लाख रुपैयाँ जरिबाना

Logo
प्रकाशित मंगलबार, आश्विन ०९, २०८०

(ABC-Sanchar)

कास्की । आज सोमवार अनुगमनका क्रममा समितिले पोखरा महानगरपालिका-७ वाईचोकमा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिबाना गरेको छ । स्टोर्सले म्याद गुज्रेका सामान बिक्री गरी उपभोक्तामाथि ठगी गरेको भन्दै समितिले जरिबाना तोकेको हो ।

स्टोर्सबाट ५ लिटर १२ ग्यालिन तोरीको तेल ‘लेबलिङ’ नभएको, मिट मसला २ प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजबल १५ प्याकेट लगायतका झन्डै २९ हजार रुपैयाँ बराबरको म्याद गुज्रेका सामान नष्ट गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् अनुगमन समितिले जनाएको छ ।

त्यसैगरी दालको लेबल नलगाएको, नुनको गोदाममा सरसफाइ नगरेको भन्दै समितिले चेतावनी पनि दिएको छ । स्टोर्सका सञ्चालक दीपक शेरचनलाई कागजपत्र लिएर ३ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन समितिले निर्देशन दिएको छ ।

अनुगमनकै क्रममा पोखरा-३ पालिखे चोकमा रहेको गौरव ट्रेडर्सबाट म्याद गुज्रेका १८ किलो रङ्गीन डुम्री, नरिवल, ललिपापड लगायतका सामग्री नष्ट गरी १० हजार रुपैयाँ जरिबाना गरेको गरिएको छ ।

त्यसैगरी पालिखे चोकमै रहेको रेशमलाल श्रेष्ठको पसलमा अनुगमन गरी म्याद गुज्रेका ११ किलो सुजी नष्ट गरी पसलको बोर्ड राख्न र दर्ता नवीकरण गरेर मात्र सञ्चालन गर्न समितिले निर्देशन दिएको छ । यो पसललाई समितिले ५ हजार रुपैयाँ जरिबाना तोकेको छ ।

यी पसललाई पनि उपभोक्ता हित संरक्षण ऐनको दफा ३८ बमोजिम सम्पूर्ण कागजपत्रसहित ३ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन समितिले निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।