२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

असोज १६ गते ॐ कार परिवार तथा हिन्दु समाजद्वारा नेपालगन्ज बन्दको घोषणा

Logo
प्रकाशित आइतबार, आश्विन १४, २०८०

(ABC-Sanchar)

बाँके । नेपालगन्जमा पटक पटक हिन्दु धर्मावलम्बीहरुको अस्था र अस्मितामाथि दुव्यर्वहार हुँदा समेत प्रहरी प्रशासनको मौनतालाई अब तोड्ने भन्दै समस्त ॐ कार परिवार एकजुट भई नेपालगन्ज हिन्दु समाजद्वारा नेपालगन्ज बन्दको घोषणा गरेका छन् ।

गाई काटेको बिरोधमा सामान्य स्टेटस लेखिएको भरमा सम्पूर्ण हिन्दुहरुलाई विशेष सामुदायका वर्गले तारगेट गरेर आईतबार बिहान गरिएको जक्काजाम तथा विरोध प्रदर्शनले के देखियो भने यस क्षेत्रमा गाई काटेर खानेहरु कै बोलबाला रहेको छ, हिन्दुहरुको आस्थाको केन्द्र तथा नेपालको राष्ट्रिय जनावर गाई काटेर खानेहरुको बिरोध गर्दा यत्रो जुलुस प्रदर्शन गर्नुभन्दा गाई काट्नेलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने तर्फ लाग्नुपर्ने थियो तर त्यसो नगरेर उल्टै सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुको आस्थामा चोट पुग्ने गरी जक्का जाम, शक्ति प्रदर्शन गरिनुका साथै नेपालको संविधानमा उल्लेख नभएको ‘शर तन से जुदा’ को नारा लगाउनुले समेत यिनीहरुको मानसिकता के छ भन्ने बुझिएकै हुँदा मंगलबार बिहानदेखि नेपालगन्ज पूर्ण रुपमा बन्द गरिने नेपालगन्ज हिन्दु समाजले जनाएको छ ।

मंगलबार बिहान नेपालगन्ज पूर्ण रुपमा बन्द गर्न आ–आफ्नो स्थानबाट सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुले पहलकदमी गर्नुपर्ने ॐ कार परिवार नेपालगन्ज हिन्दु समाजले बताउँदै सो दिन बागेश्वरी मन्दिरको चिल्डे«न पार्कमा बिहान १० बजे भेला हुने समेत जनाएको छ ।

हिन्दु राष्ट्र भएको देशलाई इस्लामीकरण गर्ने सोचका साथ जसपाबाट निर्वाचित वडा नं. ५ का जनप्रतिनिधि तथा सदभाव समितिको नाम भजाउने केही पात्रले गर्दा नै बाँकेको सद्भाव बिथोलिएको बताउँदै सम्पूर्ण ॐ कार परिवार नेपालगन्ज हिन्दु समाज एकजुट भई नेपालगन्ज बन्द सफल बनाउन सहकार्य गर्न अनुरोध गरेका छन् ।

आज नेपालगन्जको गौशालामा ॐ कार परिवार नेपालगन्ज हिन्दु समाजको छलफल भेलामा उक्त भनाई सार्वजनिक गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले लिपुलेक क्षेत्रलाई समेटेर भारत र चीनले तीर्थयात्रा सञ्चालन गर्ने सहमति गरेपछि विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठायो। नोट पठाउनासाथ भारतले लिपुलेक क्षेत्रमा आफ्नो सैनिक उपस्थिति र गस्ती बढाएको खबर आएको छ। *पृष्ठभूमि:* 1. *नयाँ सहमति*: २०८२ साउनमा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक मार्गबाट सीमा व्यापार पुनः सञ्चालन […]

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

error: Content is protected !!