२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

असोज १६ गते ॐ कार परिवार तथा हिन्दु समाजद्वारा नेपालगन्ज बन्दको घोषणा

Logo
प्रकाशित आइतबार, आश्विन १४, २०८०

(ABC-Sanchar)

बाँके । नेपालगन्जमा पटक पटक हिन्दु धर्मावलम्बीहरुको अस्था र अस्मितामाथि दुव्यर्वहार हुँदा समेत प्रहरी प्रशासनको मौनतालाई अब तोड्ने भन्दै समस्त ॐ कार परिवार एकजुट भई नेपालगन्ज हिन्दु समाजद्वारा नेपालगन्ज बन्दको घोषणा गरेका छन् ।

गाई काटेको बिरोधमा सामान्य स्टेटस लेखिएको भरमा सम्पूर्ण हिन्दुहरुलाई विशेष सामुदायका वर्गले तारगेट गरेर आईतबार बिहान गरिएको जक्काजाम तथा विरोध प्रदर्शनले के देखियो भने यस क्षेत्रमा गाई काटेर खानेहरु कै बोलबाला रहेको छ, हिन्दुहरुको आस्थाको केन्द्र तथा नेपालको राष्ट्रिय जनावर गाई काटेर खानेहरुको बिरोध गर्दा यत्रो जुलुस प्रदर्शन गर्नुभन्दा गाई काट्नेलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने तर्फ लाग्नुपर्ने थियो तर त्यसो नगरेर उल्टै सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुको आस्थामा चोट पुग्ने गरी जक्का जाम, शक्ति प्रदर्शन गरिनुका साथै नेपालको संविधानमा उल्लेख नभएको ‘शर तन से जुदा’ को नारा लगाउनुले समेत यिनीहरुको मानसिकता के छ भन्ने बुझिएकै हुँदा मंगलबार बिहानदेखि नेपालगन्ज पूर्ण रुपमा बन्द गरिने नेपालगन्ज हिन्दु समाजले जनाएको छ ।

मंगलबार बिहान नेपालगन्ज पूर्ण रुपमा बन्द गर्न आ–आफ्नो स्थानबाट सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुले पहलकदमी गर्नुपर्ने ॐ कार परिवार नेपालगन्ज हिन्दु समाजले बताउँदै सो दिन बागेश्वरी मन्दिरको चिल्डे«न पार्कमा बिहान १० बजे भेला हुने समेत जनाएको छ ।

हिन्दु राष्ट्र भएको देशलाई इस्लामीकरण गर्ने सोचका साथ जसपाबाट निर्वाचित वडा नं. ५ का जनप्रतिनिधि तथा सदभाव समितिको नाम भजाउने केही पात्रले गर्दा नै बाँकेको सद्भाव बिथोलिएको बताउँदै सम्पूर्ण ॐ कार परिवार नेपालगन्ज हिन्दु समाज एकजुट भई नेपालगन्ज बन्द सफल बनाउन सहकार्य गर्न अनुरोध गरेका छन् ।

आज नेपालगन्जको गौशालामा ॐ कार परिवार नेपालगन्ज हिन्दु समाजको छलफल भेलामा उक्त भनाई सार्वजनिक गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]