२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपालगन्जमा प्रशासनले मंगलबारदेखि लगाएको कर्फ्यू आंशिक रुपमा हटाउदै

Logo
प्रकाशित बिहिबार, आश्विन १८, २०८०


(ABC-Sanchar)
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै आज बिहीबार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म कर्फ्यू हटाइएको जानकारी दिएको हो । त्यसपछि बेलुकी ८ देखि शुक्रबार बिहान ६ बजेसम्म भने पुनः कर्फ्यू लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।

बिहीबारका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका सभा बैठक वा प्रदर्शन गर्न, पोष्टर–पम्प्लेट टाँस्न र हुलदंगा वा अशान्ति मच्चाउने उद्देश्यले एकै ठाउँमा पाँचजनाभन्दा बढी जम्मा हुन नपाउनेगरी निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठक अहिले पनि जारी छ । बिहीबारको अवस्थालाई हेरेर शुक्रबारका लागि निर्णय गर्ने केसीले बताए। मंगलबार हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले नेपालगञ्जमा कर्फ्यू लगाएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]