२२ मंसिर २०८०, शुक्रबार
08-12-2023 , Fri
×

दशै तिहारमा चिनी अभाव हुन नदिन सरकारले निजी उद्योगसँग चिनी सापटी माग्दै

Logo
प्रकाशित शुक्रबार, आश्विन १९, २०८०


(ABC-Sanchar)
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैं–तिहारलाई चिनी अभाव हुन नदिने बताएको छ।

चिनी अभाव हुन नदिन मन्त्रालयले विभिन्न प्रयास गरिरहेको मन्त्रालयको प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिए।

‘हाम्रो चिनी आउँदै पनि छ,’ उनले भने, ‘दसैं–तिहारलाई चिनी अभाव हुन दिँदैनौं।’

उनकाअनुसार सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले १०/१० हजार टन चिनी ल्याउन अनुमति पाएका छन्।

जसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ दिने म्याद सहित असोज १० गते टेण्डर आह्वान गरेको हो। जसको अवधि कात्तिक २५ गते सकिन्छ।

साल्ट ट्रेडिङले आह्वान गरेको टेन्डरको समय भोलि (असोज २०) गते सकिँदैछ।

साल्ट ट्रेडिङले दसैंमा र खाद्यले तिहारमा चिनी ल्याउने प्रयास गरिरहेको छ,’ मन्त्राालयका प्रवक्ता ठाकुरले भने।

टेन्डर हाल्ने समय सकिएपछि मात्रै चिनी कहिलेसम्म ल्याउन सकिन्छ भन्ने यकिन गर्न सकिने साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले बताए।

टेन्डर हाल्ने समय भोलि सकिँदैछ,’ उनले सेतोपाटीसँग भने, ‘कम्पनी हेरेर भोलि मात्रै चिनी कहिले आउँछ कि आउँदैन भन्न सकिन्छ।’

त्यस्तै, सरकारले जिटुजी प्रक्रियामार्फत् ५० हजार टन चिनी ल्याउन कूटनीतिक पहल भइरहेको समेत प्रवक्ता ठाकुरले जानकारी दिए।

सो परिमाणको चिनी ल्याउन साउनमै उच्चस्तरीय पहल गरिएको हो तर हालसम्म निर्णय भएको छैन।

सहुलियत पसलमा चिनी राख्न वाणिज्य विभागले उद्योगीसँग चिनी सापटी समेत मागिरहेको छ।

वाणिज्य विभागका सूचना अधिकारी आनन्दराज पोखरेलका अनुसार उद्योगमा एक लाख ८८ हजार टन चिनी मौज्दात छ।

तर आधाभन्दा बढी चिनी कोकाकोला, पेस्सी लगायत बढी चिनी खपत हुने कम्पनीले खरिद गरेर उद्योगमै राखेका छन्। बाँकी चिनी बजारमै जानेछ।

कम्पनीले उद्योगका लागि खरिद गरेको चिनीबाट केही परिमाण चिनी सहुलियत पसलका लागि दिन विभागले अनुरोध गरेको हो।

‘उनीहरूलाई सबै चिनी अहिले चाहिने होइन। हामीलाई थोरै दिनुहोस् हामी हाम्रो चिनी आएपछि दिन्छौं भनेका हौं,’ विभागका सूचना अधिकारी पोखरेलले भने, ‘छलफलकै क्रममा छौं, निर्णयमा पुगिसकिएको छैन।’

आगामी आइतबारदेखि सरकारले सहुलियत पसल सञ्चालन गर्ने भएको छ। सरकारी गोदाममा लगभग चिनी रित्तिसकेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग चिनी छैन। साल्ट ट्रेडिङसँग चार सय टन चिनी मौज्दात रहेको कम्पनीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]

  (ABC-Sanchar) दाङ । दशवटै पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन हुँदा पनि लक्ष्यअनुसारको राजस्व उठेको छैन । आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा हेर्दा जिल्लाका दशवटै पालिकाले नदीजन्य पदार्थको राजस्व उठाउने लक्ष्य र सङ्कलनको अवस्था निकै दयनीय देखिएको छ । दाङका दुई उपमहानगरपालिकाले लक्ष्यभन्दा धेरै कम राजस्व सङ्कलन गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थ […]