०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो औँ बार्षिक साधारणसभा सम्पन्न

Logo
प्रकाशित आइतबार, आश्विन २१, २०८०

(ABC Sanchar)
नेपालगन्ज । भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नेपालगन्ज उप-महानगरपलिका वडा नम्बर २ बाँकेको दोस्रो औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । भरोसाका प्रमुख कार्यकारी अधिकृत रावलका अनुसार, ८६ लाख ३ हजार ५ सय चुक्ता पूँजी रहेको भरोसाले आगामी बर्ष १ करोड २० लाख चुक्ता पूँजी पुर्याउने लक्ष्य अघि सारेको छ । ९ सय ४५ शेयर सदस्य रहेको संस्थाले यस आर्थिक बर्षको अन्त्यसम्म १ हजार ५ सय पुर्याउने योजना लिएको रावलले जानकारी दिए । संस्थाका उपाध्यक्ष टंक बहादुर विष्टको अध्यक्षतामा भएको भरोसा बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो बार्षिक साधारण सभामा राष्ट्रिय सहकारी बैंक नेपालगन्ज शाखाका प्रबन्धक प्रकाश थपलियाले सबैभन्दा नजिकिको र भरपर्दो आर्थिक कारोबारको संस्था नै सहकारी भएको बताए । भरोसाका सञ्चालक हिमाल गैरेले युवा पलायन रोक्न सहकारीले नयाँ र सिर्जनशील कारोबारीलाई लगानी प्रोत्साहन गर्ने बताए ।

सहकारीबारे भ्रम नै बढी प्रचारित भैरहेको भन्दै यसले गरेका सकारात्मक कुराहरू बाहिर आउन नसकेको जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले तथ्यमा आधारित कुरामा मात्रै विश्वास गर्न आव्हान गरेका छन् । भरोसा बहुउद्देश्यीय सहकारी संस्था अझै सुदृढ हुन्दै,धेरै प्रगति गरेको र बाँके जिल्ला मा उत्कृष्ट सेवादारी संस्था भई अघि बढ्ने विश्वास ब्यक्त गरेका छन् । बाँकेमा केही पुराना सहकारीले आर्थिक अनियमितता गरेकाले,सहकारी प्रती हेर्ने दृष्टिकोणलाई भरोसा सहकारीले उत्कृष्ट काम गरि, हामी सवैको सान्झेदारि सेवादायी संस्था को रुपमा अघि आउने भएकाले सवै लाग्नु पर्ने, नेतृत्वदायि भूमिका खेल्नु पर्ने  तेज रावलले बताउनु भयो   । भरोसा सहकारीमा सवै आवद्ध भएर यसलाई बाँके कै उत्कृष्ट संस्थाको रुपमा हातो मालो गरि संस्थाको नाम मात्र नभएर जिल्लाकै नाम अगाडि आउने बताए ।
इन्दिरा बुढामगरले सञ्चालन गरेको कार्यक्रममा भरोसाका प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावलले प्रगति विवरण, योजना र कोषाध्यक्ष मिना कुमारी बोगटीले आगामी बर्षको बजेट प्रस्ताव गरिन् । लेखा सुपरिवेक्षण समितिका संयोजक समिर पौडेलले संस्थाको आन्तरिक सुशासन बारे प्रस्तुति गरेका थिए । संस्थाको दोस्रो औ बार्षिक साधारण सभाको अवसरमा
बर्षभरी उत्कृष्ट काम गर्ने कर्मचारी मन बहादुर विकलाई प्रसंशा पत्र र नगद प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!