२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ ट्राफिकले अमिलियामा सवारीसाधन हरुको चेकजाँच र चालकहरूको स्वस्थ्य परिक्षण

Logo
प्रकाशित सोमबार, आश्विन २२, २०८०

ABC (क्राईमबिट)

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सम्बन्धी जनचेतना फैलाउने उदेश्यले “ट्राफिक सप्ताह २०८०” को साप्ताहिक कार्यक्रमको पाँचौं दिन असोज २१ गते “प्राविधिक सहित सवारी साधनहरूको मेकानिकल चेकजाँच र चालक/सह-चालकहरूको स्वस्थ्य परिक्षण” कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्ल एवं ईलाका प्रहरी कार्यालय अमिलिया दाङका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठको कमाण्डको टोलीले लमही न.पा.९ अमिलिया बजारमा राजमार्गमा संचालनहुने सवारी साधनहरूको मेकानिकल चेकजाँच गर्नुका साथै उक्त सवारीका चालक/सह चालकहरूलाई सडक अनुशासन सम्बन्धी प्रशिक्षण गर्नु भएको जिल्ला ट्राफिक दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]