२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतबाट कमाएको भारु पैसा नचल्दा दसैँ कसरी मनाउने भन्ने चिन्तामा बाजुरा बासी

Logo
प्रकाशित सोमबार, आश्विन २२, २०८०


(ABC-Sanchar)
बाजुरा । बुढीगङ्गा नगरपालिका १० बदेडावासी दसैँ कसरी मनाउने भन्ने चिन्तामा रहेका छन् । यहाँका अधिकांश स्थानीय रोजगारीका लागि भारतमा जाने गर्दछन् । प्रत्येक वर्ष दसैँतिहार मनाउन उताबाट भारु रुपियाँ पठाउने गर्दछन् ।

असोजको दोस्रो सातादेखि गाउँमा कतै भारु रुपियाँ नचलेपछि बदेडावासीलाई यो वर्षको दशैँतिहार कसरी मनाउने भन्ने चिन्ता परेको हो ।

गाउँमा रोजगार छैन । घरपरिवार पाल्नकै लागि श्रीमान् भारतमा जानु भएको छ । श्रीमानले दशैँतिहार मनाउनका लागि भारतबाट आएकाहरूको हातमा भारु पैसा पठाएको छ, तर यता त्यो रुपियाँ कतै नचल्ने भएपछि यो वर्षको दशैँतिहार कसरी मनाउने भन्ने चिन्ता लागेको स्थानीय सिता विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यता बैङ्क, आइएमी धेरै टाढा छन् । फेरि आफ्नो नाममा खाता पनि खोलेको छैन । श्रीमानले पनि भारतबाटदेखि गाउँमा आउनेको हातमा पैसा दिएको र अहिले त्यो पैसा कतै नसाटिने भए पनि दसैँ कसरी मनाउने भन्ने चिन्तामा लागेको बताउनुभयो ।’’

बाजुराका नौ वटै स्थानीय निकायका अधिकांश स्थानीयहरू भारतको विभिन्न ठाउँमा रोजगारी गर्दै आएका छन् ।

उनीहरू त्यहाँ नौकरी गरी गाउँमा घरपरिवार पाल्ने गर्दछन् । सधैँ झैँ यो वर्षमा पनि दशैँतिहार मनाउन उनीहरूले घरमा पैसा पठाएका छन् । तर यता त्यो पैसा भने कतै नचल्ने भएपछि उनीहरूको घरपरिवारलाई यो वर्षको दशैँतिहार कसरी बनाउने भन्ने चिन्ता लागेको छ ।

बैङ्क तथा आइएमीको पहुँच भएकाहरूलाई उताबाट सिधै पैसा आफन्तको नाउमा राख्न सहज भए पनि त्यो सेवा सुविधा नभएकाहरूलाई भने भारु पैसाले निकै समस्या गरेको विकले बताउनुभयो ।

भदौको पहिलो हप्तादेखि नै भारु पैसा साट्न समस्या आएको हो । अहिले साहुले भारु पैसा नल्याउनु भने पनि भारु साट्न समस्या भएको बुढीगङ्गा नगरपालिका –१० स्थानीय व्यापारी मनबहादुर सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारतमा बसेका घरपरिवारलाई यता मैले सधैँ रासनपानी दिने गरेको छु । उताबाट उनीहरूले पनि मलाई महिना महिनामा पैसा दिने गरेको छन् । तर यती बेला भने भारु पैसा कुनै व्यापारीले लिन नमानेपछि साट्न निकै समस्या भएको हो ।’’

भारु बन्द भएको सुन्दा सुन्दै ३०–४० हजार रुपियाँ समातेको थियो । अहिले त्यो रुपियाँ पनि साट्न निकै समस्या भएको सार्कीले बताउनुभयो ।

बाजुराका अधिकांश व्यापारीहरूले भारु नोट नलिएपनि केही व्यक्तिले भने १० प्रतिशत रुपियाँ काटेर भारु चलाउने गरेको बुढीगङ्गा नगरपालिका–२ बल्देका व्यापारी बलबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाजुराका अधिकांश स्थानीयको भारतबाट नौकरी गरेर नेपालका परिवार पाल्नुपरेको छ । उनीहरूले पठाएको त्यो पैसा गाउँमा कतै नचल्दा अहिले उनीहरूलाई समस्यामाथि समस्या आएको बताउनुभयो ।

दसैँको बेलामा सबै भारु ल्याएर सामानका लागि पसलमा आउने गरेका छन् । यता भारु नोट बन्द हुन थालेपछि व्यापार व्यवसाय गर्न निकै सकस भएको थापाले बताउनुभयो ।

भारु पैसा जम्मा गर्न नलिएपनि उताबाट पठाएको पैसा भने दिन मिल्ले बाजुराका बैङ्कले जनाएको छ ।

यता भारतबाट सोझै खातामा पैसा पठाउन यता त्यो रुपियाँको नेपाली रुपियाँ दिन सकिने सिद्धार्थ बैङ्कले जनाएको छ ।

तर यता भारु पैसा साट्न वा जम्मा गर्न आएपछि भने त्यो पैसा भने बैङ्कले नबुझ्ने गरेको सिद्धार्थ बैङ्कका कर्मचारी अर्जुनसिंह ऐरीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।