२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

अविरल वर्षाको कारणले पाकेको धान खेतमै कुुहिन थाल्यो किसानहरु चिन्तित

Logo
प्रकाशित सोमबार, आश्विन २२, २०८०


(ABC-Sanchar)
नवलपरासी । अविरल वर्षका कारण पूर्वी नवलपरासीमा धानबालीमा ठूलो क्षति पुगेको छ । किसानले काटेका धान पानीले भिजेर कुहिन थालेपछि किसान मर्कामा परेका छन् ।

दलदलेका किसान विष्णु पौडेलले धान बाली भित्र्याउन नपाउँदै कुहिन थालेपछि चिन्तित हुनुभएको छ ।

पूर्वी नवलपसारीमा ९८ प्रतिशत धान रोपाइँ भएको थियो । पाक्न थालेको धान काट्न सुरु गरेका किसानले वर्षा हुन थालेपछि खेतमै धान छोडेको स्थानीय मध्यबिन्दुका हरिकुमार थारुले गुनासो गर्नुभयो ।

कावासोती, मध्यवबिन्दु, देवचुली र गैंडाकोट नगरपालिका र बुुलिगँटार, बौँदीकाली, हुुप्सेकोट र बिनयीत्रिवेणी गाउँपालिकाका अधिकांश क्षेत्रमा किसानले धान काट्न सुुरु गरिसकेका थिए । किसानले काट्न सुरु गरेको करिब दश प्रतिशत धान खेतमै पानीमा डुुबेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

विशेष गरेर सावित्री र हाइब्रिड जातका धान नवलपुुरमा बढी लगाइने गरेको र यो छिट्टै काट्न पनि मिल्ने भएकाले किसानले समयमै भित्र्याउने गरी धान रोपाइँ गर्ने गर्दछन् । अहिले धानको उत्पादन बढ्ने अनुुमान गरिए पनि पानीले खेतमै धान कुहिएपछि उत्पादन घट्ने कावासोती १७ का किसान हरि थापाको भनाइ छ ।

कृषि ज्ञान केन्द्र नवलपुरले धान नकाट्न र वर्षाको सम्भावना रहेको जानकारी दिए पनि किसानले अटेरी गरेर धान काट्दा धान नै खेतमै कुुहिन थालेको जनाएको छ ।

यो वर्ष पूर्वी नवलपरासीमा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ । ७६ हजार नौ सय ५६ मेट्रिक टन धान उत्पादन हुने अनुमान थियो । तर वर्षाका कारण धान उत्पादनमा केही कमी आउने अनुुमान गरिएको कृषि ज्ञान केन्द्र नवलपुुरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।