२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

इजरायल आक्रमणमा १० जना नेपाली मारिएपछि उत्पन्न हुनसक्ने भन्दै प्रहरीले बढायो सतर्कता

Logo
प्रकाशित सोमबार, आश्विन २२, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । निर्दोष नेपाली विद्यार्थीको मृत्यु र घाइते भएको घटनापछि नेपालमा आक्रोश बढ्न सक्ने आङ्कलनसहित अप्रिय गतिविधि हुन नदिन प्रहरीले सतर्कता बढाएको छ।

विगतमा यस्ता घटनालगत्तै विरोध प्रदर्शन, आन्दोलन भएको समेत स्मरण गर्दै निमित्त प्रहरी प्रमुख एआईजी टेकप्रसाद राईले सात वटै प्रदेशका प्रहरी प्रमुखलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, राईले सम्भावित सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै सोही अनुरूप विशेष सुरक्षा योजना बनाएर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएका छन् ।

इजरायल घटनापछि विगतमा जस्तो विरोध प्रदर्शन, तोडफोड, मुस्लिम समुदायमाथि आक्रमण, घुम्न आएका इजरायलीमाथि आक्रमण जस्ता गतिविधि हुनसक्ने प्रहरीको विश्लेषण छ । त्यस्ता गतिविधिलाई निस्तेज पार्न प्रहरी नेतृत्वले निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालबाट सोमबार भिडियो कन्फरेन्स गर्दै उनले सातै प्रदेश प्रहरी प्रमुखलाई शान्ति सुरक्षा सहज बनाउन अन्य सरोकारवाला निकायसँग पनि समन्वय गरेर कार्यसम्पादन गर्न निर्देशन दिए ।

सोही अवसरमा निमित्त प्रहरी प्रमुख राईले नजिकिँदै गरेको चाडपर्वमा हुनसक्ने कालोबजारी र तस्करी नियन्त्रणका लागि पनि सक्रियता देखाउन निर्देशन दिए । उनले दसैँमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि पनि अझ बढी सक्रियता देखाउन निर्देशन दिए ।

त्यसअवसरमा सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिले आ(आफ्नो क्षेत्रको शान्ति सुरक्षाको अवस्था, विशेष सुरक्षा योजना तथा कार्यान्वयन र भइरहेका गतिविधिबारे जानकारी गराएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]