२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

कर्णाली प्रदेश प्रहरीले लागुऔषध विरुद्ध लालटिन सचेतना अभियान कार्यक्रम सुरु

Logo
प्रकाशित मंगलबार, आश्विन २३, २०८०

ABC (क्राईमबिट)
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ का साथमा ‘लागुऔषधविरुद्ध लालटिन’ सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रदेश प्रहरी सुर्खेतले सोमबार वीरेन्द्रनगरमा अन्तक्रिया तथा छलफल कार्यक्रम गरी सरोकारवालाबाट उक्त अभियान सञ्चालनका लागि सुझाव सङ्कलन गरिएको छ । पछिल्लो समयमा लागुऔषधको कारोबारी तथा प्रयोगकर्ताको सङ्ख्या बढ्दै जान थालेपछि यहाँको शान्ति सुरक्षामा देखिएको चुनौती सामना गर्ने ध्येयले रणनीतिक योजनासहितको अभियान तयारीका लागि सुझाव सङ्कलन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

उनका अनुसार सुरक्षित कर्णाली विशेष अभियानको प्रारम्भका बेला प्रहरीले एक लाख ८४ हजार नागरिकको घरमा स्टिकर टाँसेको थियो । अब भने ‘लागुऔषधविरुद्ध लालटिन अभियान’ सुरु गर्न लागेको हो । यो अभियानको यही असोज २५ गते उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले औपचारिकरूपमा उद्घाटन गरी अगाडि बढाउने कार्यक्रम तय भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।