०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

दशैको मुखमा हवाइ भाडादर दोब्बरले बढने १० हजार देखि १७ हजारसम्म

Logo
प्रकाशित बुधबार, आश्विन २४, २०८०


(ABC-Sanchar)
काठमाडौं । सरकारले दसैंका लागि सोमबारदेखि सार्वजनिक सवारी साधनको टिकट अग्रिम बुकिङ खुलाइसकेको छ। चाडपर्वका लागि हवाइ टिकट पनि बुकिङ धमाधम भइरहेको छ।

छोटो समयमै गन्तव्य पुगिने हुँदा पछिल्लो समय आन्तरिकतर्फ उडानमार्फत् यात्रा गर्नेहरू पनि बढेका छन्। वायुसेवा कम्पनीहरूले यात्रु अकुपेन्सी अनुसार पनि चाडपर्वको मुखमा हवाइ भाडादर दोब्बरले बढाउने गरेका छन्।

पेट्रोलियम पदार्थको मूल्य बढिरहेसँगै हरेक वर्ष सार्वजनिक सवारी र हवाइको भाडा पनि बढ्ने गरेको छ।

यातायात व्यवस्था विभागले गत साउन १ गतेबाट लागु हुने गरी छोटो, मध्यम र लामो दूरीका अन्तर प्रदेश रूटहरूमा सार्वजनिक यातायातको भाडादर तोकेको छ। सोही भाडादरअनुसार नै यात्रुले दसैंका लागि टिकट लिन सक्नेछन्।

हाल आन्तरिकतर्फ बुद्ध, यति, श्री र सौर्य एयरलाइन्सले विभिन्न गन्तव्यमा नियमित उडान गरिरहेका छन्।

यसपालि दसैंमा हवाइमार्फत् यात्रा गर्दा र सार्वजनिक यातायातमार्फत् यात्रा गर्दा कति भाडा लाग्ला?

यो रिपोर्ट तयार पार्दा (मंगलबार) सम्म हवाइ भाडादरअनुसार काठमाडौं–धनगढी गन्तव्यका लागि सबैभन्दा बढी भाडा रहेको छ। यात्रु अकुपेन्सीकाे आधारमा एयरलाइन्सहरूको यस्तो भाडादर घटबढ भइरहन्छ।

एयरलाइन्सका अनुसार काठमाडौं–धनगढी भाडादर १३ हजार ५०१ रूपैयाँदेखि १७ हजार १८६ रूपैयाँ रहेको छ।

त्यस्तै, काठमाडौं–सुर्खेत ९ हजारदेखि १४ हजार १६८ रूपैयाँ, काठमाडौं–नेपालगञ्ज ६ हजार सात सयदेखि १० हजार एक, काठमाडौं–विराटनगर पाँच हजार सातसय देखि ७ हजार दुई सय, काठमाडौं–भैरहवा पाँच हजार १२९ रूपैयाँदेखि ७ हजार २०१ रहेको छ।

त्यस्तै, काठमाडौं–भद्रपुर ६ हजार ३६० देखि नौ हजार आठ सय, काठमाडौं–जनकपुर चार हजार एकसय देखि ५ हजार ८८६ र काठमाडौं–पोखरा चार हजार चार सयदेखि चार हजार ६ हजार ७७८ रूपैयाँसम्म रहेको छ।

सार्वजनिक यातायातमा यात्रा गर्नेहरूका लागि यातायात व्यवस्था विभागले भाडादर निर्धारण गरेको छ।

विभागले पछिल्लो पटक सार्वजनिक गरेको सार्वजनिक यातायातको भाडादरअनुसार साधारण, डिलक्स र सुपर डिलक्सका लागि फरक भाडादर रहेको छ।

जसअनुसार काठमाडौं–धनगढीको भाडा एक हजार ९४६ देखि दुई हजार ८०३ रुपैयाँ तोकिएको छ। त्यस्तै काठमाडौं–इलामको भाडा एक हजार ९८६ देखि दुई हजार ८६०, काठमाडौं–जनकपुर एक हजार ८४ देखि एक हजार ५६० रुपैयाँ रहेको छ।

काठमाडौं–दाङ एक हजार २४६ देखि एक हजार ७९४ रूपैयाँ, काठमाडौं–नेपालगञ्ज एक हजार ५१० देखि दुई हजार १७४ रूपैयाँ, काठमाडौं–पोखरा ६ सय ३१ देखि ९ सय ९ रूपैयाँ, काठमाडौं–भैरहवाको ८२६ देखि एक हजार १९० रूपैयाँ रहेको छ।

काठमाडौं–विराटनगर एक हजार ५३६ देखि दुई हजार २१२ रूपैयाँ, काठमाडौं–भद्रपुर एक हजार ७२५ देखि दुई हजार ४८५, काठमाडौं–महेन्द्रनगर एक हजार ९६२ देखि दुई हजार ८२५ रूपैयाँ रहेको छ।

काठमाडौं–सुर्खेत एक हजार ७८३ देखि दुई हजार ५६८ रहेको छ। काठमाडौंदेखि गुल्मीको तम्घाससम्मको भाडा एक हजार २३८ देखि एक हजार ७८२ रुपैयाँ तोकिएको छ। काठमाडौं–खुर्कोट हुँदै भद्रपुरका लागि एक हजार ५६६ देखि दुई हजार २५५ रूपैयाँ तोकिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!