२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङको लमहीमा बहुला कुकुरको टोकाईबाट १० जना घाइते

Logo
प्रकाशित बुधबार, आश्विन २४, २०८०


(ABC-Sanchar)
दाङ । लमही नगरपालिका ७ सोमबार बहुला कुकुरले टोक्दा लमही नगरपालिका वडा नम्बर ७ बन्गै निवासी बर्ष ३९ का भोजलाल चौधरी, सोही ठाउँ निवासी बर्ष ३७ का शोभाराम शर्मा, बर्ष ७२ का रामु चौधरी, बर्ष ४२ का मखिलाल चौधरी, बर्ष ५५ कि शान्ती चौधरी, बर्ष ५५ कि जानकी चौधरी, बर्ष ८ कि सीता चौधरी र गढवा गाउँपालिका वडा नम्बर ५ निवासी बर्ष ३५ का रेवती यादव घाइते भएमा हुन ।

त्यस्तै विद्यालय जाँदै गरेका विद्यार्थी बन्गै निवासी बर्ष १३ कि बिष्णु चौधरी र बर्ष ९ कि अनुस्का चौधरीलाई टोक्दा उनिहरु पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरू सबैको लमही अस्पतालमा रेविज विरुद्ध खोप नभएपछि बिरामीहरू आफै बुटवल र नेपालगन्ज गएको पारिवारिक स्रोतले जनाएको छ ।

बहुला कुकुरको टोकाईबाट कमानपुर, बन्गै र हसनापुर गाउँका स्थानीय त्रसित भएका छन् ।

घटना निम्त्याउने कुकुरलाई स्थानीयले मारेर गाडिसकेका छन् भने अन्य कुकुर पनि बहुलाएको हुन सक्ने भएकाले स्थानीय त्रसित बनेको स्थानीय बासी राजु पुनले बताए ।

बहुला कुकुरको बिगबिगी बढ्ने सङ्केत देखिएपछि लमही नगरपालिका ७ का वडाध्यक्ष मोहन गिरीले सबैलाई सचेत हुन आग्रह गरे । उनले कुकुरको व्यवस्थापन तथा उपचारका लागि आफू लागि परेको बताए ।

वडाअध्यक्ष गिरिले अन्य कुकुरको अनुसन्धानका लागि पशु स्वास्थ्य शाखामा निर्देशन दिएको समेत बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]