२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

न्याय परिषद्ले १६ जना जिल्ला न्यायाधीशहरुको काज सरुवा गर्‍यो

Logo
प्रकाशित बिहिबार, आश्विन २५, २०८०

(ABC-Sanchar)
काठमाडौं । न्याय परिषद्को बैठक बस्न समस्या भएपछि प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले बुधवार जिल्ला न्यायाधीशको काज सरुवा गरेका हुन् ।

खाली भएका स्थान र दरबन्दी धेरै भएको तर इजलास तयार नभएका अदालतबाट अन्य अदालतमा न्यायाधीशहरूको काज सरुवा भएको हो । यसरी काज सरुवा गर्दा कतिपय न्यायाधीशको अवधि पुगेकोले र कतिपयको खाली र दरबन्दी धेरै भएकाहरूलाई गरिएको हो ।

सरुवा भएका न्यायाधीशहरूमा न्याय परिषद् काजमा रहेका न्यायाधीश भुवनसिंह थापालाई रसुवा जिल्ला अदालतमा काज सरुवा गरिएको छ भने चितवनका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईलाई महोत्तरी, रौतहटका नवराज दाहाललाई कास्की, रुपन्देहीका कृष्णकुमारी सिवाकोटीलाई भक्तपुर, बाँकेका देवकुमार गिरीलाई झापा जिल्ला अदालतमा सरुवा गरिएको छ ।

यसैगरी नवलपरासीका रमेश शर्मा पौडेललाई सिन्धुली, भक्तपुरका तीर्थराज केसीलाई काठमाडौँ, धनुषाका भीष्मराज प्रसाईँलाई बाँके, मुस्ताङका ईश्वर पराजुलीलाई रुपन्देही र ललितपुरका हरिकृष्ण श्रेष्ठलाई धनुषा जिल्ला अदालतका काज सरुवा गरिएको हो ।

त्यस्तै न्यायाधीशहरूमा विश्वनाथ भट्टराईलाई पर्साबाट काभ्रेपलान्चोकमा, रोमनाथ अधिकारीलाई मोरङबाट कपिलवस्तु, रिताकुमारी बख्रेललाई काभ्रेबाट ललितपुर, रोमाकान्त ज्ञवालीलाई स्याङ्जाबाट धनुषा, ओम बहादुर सोडारीलाई झापाबाट मुस्ताङ र विष्णुप्रसाद रेग्मीलाई रुपन्देहीबाट सर्लाही जिल्ला अदालतमा सरुवा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।