२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

यात्रुवाहक सवारी साधनलाई पहिलो प्राथमिकता मालवाहक सावरीसाधन नचल्ने

Logo
प्रकाशित शुक्रबार, आश्विन २६, २०८०


(ABC-Sanchar)
काठमाडौँ । विभिन्न जोखिम सिर्जना गर्ने भन्दै यात्रुवाहक सावरी साधनलाई सहज गराउन आजैदेखि मालवाहक सवारी सधानलाई निषेध गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सरोज सिटौलाका अनुसार ग्रामीण भेगका बाटो बिग्रेका कारण यसैपनि यात्रामा समस्या आउने हुँदा मालवाहक सवारी साधनले निकै नै समस्या निम्त्याएको छ ।

‘मालवाहक सावरी साधनलाई २६ गते देखि नै कतैबाट नआउने गरी अत्यावश्यक सवारी साधन बाहेक हेबी १८ चक्के २० चक्के सवारी साधन आउने गरेका छन् । त्यसले गर्दा सडकमा ठुलो अवरुद्ध हुन्छ । त्यसलाई भोलि २६ गतेबाट नारायण घाटबाट बर्दिबास हुँदै काठमाडौं विपी राजमार्गबाट आउने र काठमाडौं नाका भित्रिने मालवाहक अत्यावश्यक र खाद्यान्न बाहेकका अन्य सवारी साधनलाई रोक्ने यातायात विभागले निर्णय गरेको छ ।

यसो गर्दा सर्वसाधारणलाई सहजीकरण हुन्छ । मेची महाकालीका सबै सडकहरूमा १० १५ दिनको समयमा लाखौँ मान्छे निकाल्नु पर्ने हुन्छ। सबै सडकमा यात्रुवाहक सावरी साधनलाई पहिलो प्राथमिकता सबै क्षेत्रले गाडी आउन जान सहज बनाउन सहयोग गर्नेछन् । ’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।