२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मकवानपुरमा घर छेउमा उम्रेको च्याउ खाँदा ६ जना बिरामी

Logo
प्रकाशित शुक्रबार, आश्विन २६, २०८०


(ABC-Sanchar)
चितवन । मकवानपुर बकैया गाउँपालिका ३ मा च्याउ खाँदा ६ जना बिरामी परेका छन् । आफ्नै घर छेउमा उम्रेको च्याउ खाँदा शुक्रबार उहाँहरु विरामी पर्नुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बकैया गाउँपालिका ३ स्थित बसनका वर्ष ७० का शुभेसिंह भोलन, उहाँको श्रीमती वर्ष ६५ की ठुलीमाया भोलन, छोरा वर्ष २६ को गङ्गालाल भोलन, वर्ष ३० का निरोज रुम्बा, उहाँको श्रीमती वर्ष ३० की सम्झना रुम्बा र भाउजु वर्ष ३६ की फूलमाया रुम्बा च्याउ खाएर बिरामी हुनुभएको हो ।

च्याउ खाई बिरामी भएकाहरुको हेटौँडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]