२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

भारत सरकारले ९५ हजार टन बासमति चामल नेपाललाई सहयोग दिने

Logo
प्रकाशित बुधबार, कार्तिक ०८, २०८०

(ABC-Sanchar)
काठमाडौं । भारत सरकारले नेपाललाई ९५ हजार टन गैर बासमति वर्गको अरुवा चामल (नन् बासमति ह्वाइट राइस) दिने भएको छ । भारत सरकारले एक सूचना जारी गर्दै नेपालसहित सात देशलाई कोटा वितरण गरेको छ ।

जसमा नेपालसहित क्यामरुन, आइभरी कोस्ट, मलेशिया, फिलिपिन्सलगायत देशका लागि कोटा तोकेर चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको जनाएको छ । तर, आधिकारिक रुपमा नेपाल सरकारलाइ पत्र पठाएको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार भारतले अहिलेसम्म लिखित रुपमा सूचना नेपाल सरकारलाई प्राप्त नभएको बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार भारतले अहिलेसम्म लिखित रुपमा सूचना नेपाल सरकारलाई प्राप्त नभएको बताउनुभयो ।
उहाँका अनुसार अहिले नेपाललाई नन् बासमति ह्वाइट राइस आवश्वक पर्दैन । उहाँले भन्नुभयो, “अहिले नेपाललाई यो चामलकोे आवश्यकता पर्दैन । भारतबाट गत बर्ष पाएको कोटाबाट आयात गरिएको धानको प्रशोधन हुन सकेको छैन । धानबाट उत्पादित चामल पनि बिक्री हुन सकेको छैन ।”

उहाँका अनुसार अहिले नेपालमा नयाँ चामल उत्पादन हुने समय भएका कारण गैर बासमती वर्गको चामलको आवश्यकता नहुने उहाँको भनाइ छ । नेपालमा अभाव भएको समयमा भारतले प्रतिबन्ध लगाएको र अहिले यो वर्गको चामलको अभाव खासै नभएको खण्डमा फुकुवा गर्नाले खासै अर्थ नलाग्ने ठाकुरले बताउनुभयो ।

भारतले सन् २०२३ मा नेपालले ६ लाख टन धान आयात गर्न पाउनेगरी कोटा दिएको थियो । झापा, मोरङ्का किसानले धान बिक्री नभएको भन्दै आफूलाई फोनमार्फत गुनासो गर्नेगरेको उहाँले सुनाउनुभयो ।

प्रवक्ता ठाकुरले भन्नुभयो, झापा, मोरङ्का किसानहरुले धान विक्री नभएको भन्दै ग्ुनासो गर्नेगरेका छन् । अब नेपालमा नै धानको उत्पादन हुन्छ, भारतले कोटा छुट्याएको यो धान आयात गर्नु अव आवश्यक छैन ।

नेपालमा अभाव भएको समयमा भारतले प्रतिबन्ध लगाएको र अहिले यो वर्गको चामलको अभाव खासै नभएको खण्डमा फुकुवा गर्नाले खासै अर्थ नलाग्ने ठाकुरले बताउनुभयो ।
भारतमा अब नयाँ चामल उत्पादन हुन थालेकाले भारतले निर्यातमा फुकुवा गरेको उहाँको बुझाइ छ । भारतले प्रतिबन्ध लगाएको समयमा उपभोक्ताले महँगो मूल्यमा चामल किनेर खानु परेकाले अब यो फुकुवाको कुनै अर्थ नरहेको ठाकुरले बताउनुभयो ।

उहाँले भन्नुभयो, जुन समयमा नेपाली उपभोक्ताले महँगो मूल्यमा चामल खरिद गरेर खान बाध्य भए त्यो समयमा भारतले प्रतिबन्ध गर्यो । अहिले नेपालमै धान उत्पादनको काम सुरु भइसकेको छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । बुधबार मध्यरातमा मुम्बईको बान्द्रास्थित उनको घरमा एक चोरले चक्कु प्रहार गरेका हुन् । खानलाई अहिले मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ । चोरले सैफमाथि हमला गरे र त्यहाँबाट भागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सैफकी पत्नी तथा बलिउड अभिनेत्री करिना कपुर र उनका दुवै छोराछोरी पूर्णरुपमा सकुशल छन् । यस हमलामा […]

  काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन् । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उनले ५० हजार लागतमा तरकारीखेती गरे । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ । भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको […]

भारतको बिहार राज्यको दरभंगा जिल्लामा २ दिनसम्म इन्टरनेटमा रोक लगाइएको छ । सरस्वती पूजापछि मूर्ति विसर्जनका क्रममा भएको हिंसालाई दृष्टिगत गरेर प्रशासनले पूरै जिल्लामा इन्टरनेटमा प्रतिबन्ध लगाएको हो । इन्टरनेटमाथिको प्रतिबन्ध फेब्रुअरी १७ को दिउँसो २ बजेदेखि लागू भई १९ फेब्रुअरी दिउँसो २ बजेसम्म लागू रहनेछ ।दरभंगाका एसपी र डीएमको प्रतिवेदनअनुसार जिल्लामा केही असामाजिक तत्त्वहरूले […]