२२ मंसिर २०८०, शुक्रबार
08-12-2023 , Fri
×

भारत सरकारले अनलाइन गेमिङ कम्पनीहरूसंग माग्यो १० खर्ब कर तिर्न

Logo
प्रकाशित बुधबार, कार्तिक ०८, २०८०

(ABC-Sanchar)
मुम्बई । भारतीय कर अधिकारीहरूले अनलाइन गेमिङ कम्पनीहरूसँग १० खर्ब रुपैयाँ (१२ अर्ब ३ करोड डलर) बराबरको कर भुक्तानीको आदेश दिँदै सूचना जारी गरेका छन् । अगष्टमा भारतले अनलाइन गेमिङ कम्पनीहरूमाथि उनीहरूले अनलाइन गेम खेल्न डिपोजिट भएको कूल रकमको २८ प्रतिशतको कर लगाउने निर्णय गरेको थियो ।

सरकारको यो निर्णयपछि मोबाइल प्रिमियर लिगजस्ता केही कम्पनीहरूले कर्मचारी नै कटौती गर्नु पर्ने स्थिति सृजना भएको थियो । अनलाइन गेमिङ कम्पनीहरूले १० खर्ब भारु कर तिर्न भन्दै कर विभागले सूचना जारी गरेको एक सरकारी अधिकारीले नाम नखुलाउने शर्तमा भनेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले एउटा समाचार छापेको छ । यस विषयमा अर्थ मन्त्रालयले कुनै पनि प्रतिक्रिया नदिएको समाचारमा बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]

  (ABC-Sanchar) दाङ । दशवटै पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन हुँदा पनि लक्ष्यअनुसारको राजस्व उठेको छैन । आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा हेर्दा जिल्लाका दशवटै पालिकाले नदीजन्य पदार्थको राजस्व उठाउने लक्ष्य र सङ्कलनको अवस्था निकै दयनीय देखिएको छ । दाङका दुई उपमहानगरपालिकाले लक्ष्यभन्दा धेरै कम राजस्व सङ्कलन गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थ […]