२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

युद्धग्रस्तबाट कम्बोडियाले झण्डै १०० जना नेपाली शान्ति सेनालाई फिर्ता गर्‍यो

Logo
प्रकाशित बुधबार, कार्तिक ०८, २०८०

(ABC-Sanchar)
काठमाडौं । संयुक्त राष्ट्रसंघको अनुरोधमा युद्धग्रस्त अफ्रिकी राष्ट्र मालीबाट कम्बोडियाले झण्डै १०० जना शान्ति सेना फिर्ता गरेको छ। कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बुधबार सो बारे जनाकारी गराएका छन्।

“केही दिन अघि मैले मालीबाटहाम्रो शान्ति सेना (नीलो हेलमेट फिर्ता गर्न स्वीकृति दिएको थिएँ किनभने त्यहाँ बढ्दो विषम परिस्थितिका कारण संयुक्त राष्ट्रसंघले त्यहाँका केही क्षेत्रहरूबाट सेना हटाउन थालेको थियो।

उनीहरू अब त्यहाँ बस्न सक्ने अवस्था रहेन किनभने संयुक्त राष्ट्रसंघका निलो हेलमेट सेनालाई पनि आक्रमणको तारो बनाउन थालियो, प्रधानमन्त्रीले भने। सैन्य विद्रोहपछि मालीको सङ्क्रमणकालीन सरकारले १० वर्ष पुरानो संयुक्त राष्ट्रसंघ अपरेशन फिर्ता लिन अनुरोध गरेको थियो।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले यस वर्षको डिसेम्बर ३१ सम्ममा शान्ति मिसन फिर्ता लिने प्रस्ताव गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!