२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

इजरायलले गाजा क्षेत्रमा पुन सैन्य कारबाहीको तयारी सुरु गर्दै

Logo
प्रकाशित बिहिबार, कार्तिक ०९, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा क्षेत्रमा स्थलगत सैन्य कारबाहीको तयारी भइरहेको बताएका छन्।

प्रधानमन्त्री नेतान्याहूले सैन्य कारबाही कहिलेबाट सुरु हुने भन्नेबारेमा स्पष्ट जानकारी नदिए पनि स्थलगत रूपमा हुने कारबाही व्यापक हुन सक्ने जनाइएको छ। प्रधानमन्त्री नेतान्याहूले यस्तो कारबाही सुरु मात्र भएको दाबी गर्दै अब आतङ्कवाद अन्त गरेर मात्र विश्राम लिने बताएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबीचको तनाव तत्काल यथास्थितिमा फर्कने सम्भावना नरहेको बताए।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो टिप्पणीमाथिका प्रतिक्रियाले आफू स्तब्ध भएको बताउनुभएको छ। इजरायलले पनि प्यालेस्टाइनीमाथि दमन गरेको तर हमासले गरेको आतङ्कले प्यालेस्टिनीको गुनासो समाधान नगर्ने टिप्पणी गरेका थिए।

जवाफमा इजरायलले उनको भनाइमा कडा आपत्ति जनाउँदै महासचिव गुटेरेसलाई इजरायल प्रवेशमा रोक लगाउन सक्ने चेतावनी दिएको थियो। हमास माथिको हमलामा सर्वसाधारण परेको प्रति गुटरेसले टिप्पणी पछि इजरायलले उनको राजीनामा माग गरेको थियो।

त्यस्तै, गाजा क्षेत्रका अस्पतालहरूमा इन्धन अभाव भएपछि काम अवरुद्ध भएको छ। गाजा स्थित राष्ट्रसङ्घीय नियोग समेत इन्धन अभावका कारण बन्द गर्नुपर्ने स्थिति आएको छ। गाजा क्षेत्र इन्धन, खानेपानी, अन्न जस्ता आवश्यकताका लागि इजरायलमाथि नै निर्भर रहेका छन्।

इजरायल र हमासबीच २० दिनदेखि जारी युद्धमा दुवैतर्फ गरी झन्डै आठ हजारजतिको मृत्यु भइसकेको छ। मारिनेमा कम्तिमा दुई हजार जना बालबालिका रहेका छन्। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]