२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सुर्खेतमा ४० लाख भन्दा धेरै खानेपानी योजना अज्ञात व्यक्तिद्वारा तोडफोड

Logo
प्रकाशित बिहिबार, कार्तिक ०९, २०८०

 

(ABC-Sanchar)
सुर्खेत । साढे तीन सयभन्दा बढी उपभोक्ताहरूले प्रयोग गर्दै आएको दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका- ४, को रोशनीडाडाँ-रुमालदेव-गडाखा लिफ्टिङ्ग खानेपानी योजना अज्ञात व्यक्तिद्वारा तोडफोड गरिएकाे छ।

वर्षअघि कर्णाली प्रदेश सरकारले करिब ४० लाख बढी रकमबाट आयोजना निर्माण गरिएको थियो । उक्त योजना सम्पन्न भएपछि खानेपानीको लागि निकै काकाकुल बस्तीका जनताले निरन्तर पानी उपभोग गरिरहेका थिए ।

दसैँको अघिल्लो रात तोडफोड गरी आयोजनाको मुहानमा रहेको सोलार सिस्टमलाई नष्ट गरिएको छ । साथै इन्भर्टर समेत लगिएको स्थानीयले बताएका छन्।

संरचना तोडफोड हुँदा अहिले पूर्ण रूपमा नागरिकहरूमा खानेपानीको हाहाकार भएको स्थानीय काैशिला शाहीले जानकारी दिइन् । ‘पानी बन्द हुँदा हामीलाई निकै समस्या भयो, ‘ उनले भनिन्, ‘ अहिले एक घण्टाको पैदल हिँडेर पुरानो मुहानमा पानी ल्याउन जानुपर्छ।’

नगरपालिकाका मेयर गणेशकुमार शाही, पूर्व उपमेयर तारा शाही खत्री,‌ वडा अध्यक्ष लगायत सरोकारवालाहरूको रोहबरमा मुचुल्का उठाएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

उक्त खानेपानीको उपभोक्ता छविलाल खत्रीले लिफ्टिङ खानेपानी योजनाको साेलार सिस्टम सुनियोजित तरिकाले तोडफोड गरिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।