२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ ट्राफिक प्रहरीले ६ सय भन्दा धेरै सवारी-साधनहरु कारबाहीमा

Logo
प्रकाशित शुक्रबार, कार्तिक १०, २०८०

 

(सागर थापा)
दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार ६ सय ७९ वटा गाडी कारबाहीबाट ५ लाख १३ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । दशैँको अवधिमा जिल्लामा झण्डै दैनिक ८५ वटा गाडी कारबाहीमा परेको प्रहरीले जनाएको छ । कारबाहीमा पर्नेमा सबैभन्दा मोटरसाइकल रहेका छन् । दशैँमा मात्रै २ सय ७७ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । जसबाट दुई लाख १४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । हेलमेट नलगाउने, लाइसेन्स नबोक्ने, दुई जना भन्दा धेरै बोकेर मोटरसाइकल चलाउनेहरू कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले जानकारी दिए ।

मोटरसाइकल पछि कारबाहीमा पर्नेमा जिप तथा कार रहेको छ । यसैक्रममा ट्राफिक नियम विपरीत गाडी चलाउने एक सय २ जना चालकलाई कारबाही गरिएको छ । जसबाट ८५ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै एक सय ९ वटा अटोरिक्सा कारबाहीबाट ७४ हजार ५ सय रुपैयाँ, ८७ वटा ट्रकबाट ६२ हजार ५ सय, ६७ वटा बसबाट ५० हजार ५ सय र ३७ वटा ट्रयाक्टरबाट २६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।