२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके ट्राफिक प्रहरीको निर्देशनमा विभिन्न स्थानहरुमा दुर्घटना न्यूनीकरण अभियान

Logo
प्रकाशित शनिबार, कार्तिक ११, २०८०

 

(महेन्द्र सिंह)
बाँके । शनिबार जिल्लाका विभिन्न स्थानमा सडक प्रयोग कर्ताहरूलाई ट्राफिक नियमसम्बन्धी विभिन्न सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशस्तरीय ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत आज नेपालगन्जको फुल्टेक्रालगायत विभिन्न स्थान, कोहलपुरको हाइस्कूल, सम्झनाचोक, मदनचोक, बसपार्क, राप्तीसोनारीको कुसुम, नरैनापुरको भगवानपुरमा पुगी सडक प्रयोगकर्ता, सर्वसाधारण नागरिक, पैदल यात्रु, सवारीसाधनका चालक तथा सहचालकहरूलाई ट्राफिक नियमसम्बन्धी सचेतना प्रदान गरिएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिनुभयो ।

ट्राफिक नियम, सवारी दुर्घटना, सवारी दुर्घटना न्यूनीकरणका उपायहरू लगायतका विषयमा सचेतना प्रदान गरिएको सुवेदीले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा दैनिकजसो सचेतनाका कार्यक्रमहरू गर्दै आएको उहाँको भनाइछ । सचेतना कार्यक्रमले सर्वसाधारण नागरिकहरू लगायत सरोकारवाहरुमा ट्राफिक सम्बन्धी शिक्षाको ज्ञान भएको र यसले गर्दा दुर्घटनामा कमी आउनुका साथै अत्यन्तै सकारात्मक प्रभाव परेको आफूले पाएको प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो ।

‘‘ट्राफिक प्रहरीले सवारी साधनले गल्ती गरेको अवस्थामा जरिवाना मात्र गराउने होइन, सम्बन्धित पक्षलाई ट्राफिक सम्बन्धी ज्ञान र सचेतना प्रदान गर्ने पनि हो,’’ ट्राफिक प्रहरी प्रमुख सुवेदीले भन्नुभयो, ‘‘नागरिक सचेत भएपछि अटोमेटिक रूपमा सडक दुर्घटनामा कमी आउनुका साथै सवारी साधन लगायत सबै जनाले ट्राफिक नियमको पालना गर्नुहुन्छ ।’’

जिल्ला ट्राफिक कार्यालय मातहतका समशेरगन्ज, कुसुम, फुलटेक्रा, सम्झना, भगवानपुरलगायतका पोष्टबाट जिल्लाका विभिन्न स्थानमा पुगेर ट्राफिक सचेतना प्रदान गरिएको बाँके ट्राफिकले जनाएको छ । दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि बाँके ट्राफिकले पछिल्लो समयमा जिल्लाका विभिन्न स्थानमा सरोकारवालाहरू बिच विभिन्न सचेतना कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]